शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

मर्मत भयो बबरमहलमा फुटेको खानेपानीको पाइप, परीक्षणपछि पानी वितरण थालिने

images
बिहीबार , फागुन १ २०८१
images
images
मर्मत भयो बबरमहलमा फुटेको खानेपानीको पाइप, परीक्षणपछि पानी वितरण थालिने

केयुकेएलका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार फुटेको पाइप मर्मतको काम गएरातिदेखि सुरु गरिएको थियो।

images
images

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणद्वारा विद्युतका तार अण्डरग्राउण्ड गर्न ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत सम्पन्न भएको छ।

images
images
images

खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपछि काठमाडौंमा वितरण गरिने थोक प्रणालीको उक्त पाइप करिब २० घण्टापछि मर्मत सम्पन्न भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए।

images
images

उनले भने, 'पाइप फुटेपछि खानेपानी मन्त्रीको निर्देशनपश्चात् गएरातिदेखि मर्मतको सुरु गरिएको हो। करिब २० घण्टापछि मर्मत सकिएको छ। अहिले पानी परीक्षण गर्न थालिएकाले परिक्षण सम्पन्न हुनासाथ पानी वितरण प्रक्रिया सुरु गर्नेछौँ।'

images
images
images

विद्युत् प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग आवश्यक समन्वय गरी काम गर्नुपर्नेमा मन्त्री यादवले जोड दिँदै आएका छन्।

बुधबार बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि सो क्षेत्र जलमग्न भएको थियो भने विषेश अदालतसहित आसपासका सरकारी कार्यालयमा पानी पसेको थियो। रासस


प्रकाशित : बिहीबार , फागुन १ २०८११५:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend