शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

सरकारी खर्च र आम्दानीमा सीमान्त सुधार, आम्दानी र खर्चको खाडल खर्ब नाघ्यो

images
बिहीबार , फागुन १ २०८१
images
images
सरकारी खर्च र आम्दानीमा सीमान्त सुधार, आम्दानी र खर्चको खाडल खर्ब नाघ्यो

चालु खर्चमा सामान्य वृद्धि भएपनि वित्तीय व्यवस्थाको खर्च हुँदा सार्वजनिक खर्चमा वृद्धि देखिएको छ। ऋणको सावाँ ब्याज भुक्तानी हुने यो शीर्षकको खर्च गत वर्ष १ खर्ब १४ अर्ब भएकोमा यो वर्ष १ खर्ब ६३ अर्ब भएको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको सात महिनामा सरकारको खर्च र आम्दानीमा झिनो सुधार देखिएको छ। लक्ष्य अनुसारको खर्च र आम्दानी नभए पनि गत वर्षको तुलनामा सामान्य सुधार देखिएको हो। 

images
images
images

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु वर्षको सात महिनामा राजस्व ६ खर्ब ४२ अर्ब संकलन भएको छ। त्यस्तै कुल आम्दानी ६ खर्ब ५९ अर्ब भएको छ।  

images
images

राजस्व र कुल आम्दानी गत वर्षको तुलनामा उच्च भएपनि लक्ष्यअनुरुप भने संकलन हुन सकेको छैन। त्यस्तै अनुदान परिचालन भने गत वर्षको तुलनामा बढेको छ। यो वर्षको सात महिनामा अनुदान परिचालन ८ अर्ब भएको छ गत वर्षको यही अवधिमा २ अर्ब परिचालन भएको थियो। 

images
images
images

सात महिनामा कुल सार्वजनिक खर्च ७ खर्ब ५४ अर्ब भएको छ। जुन गत वर्षको यही अवधिमा ६ खर्ब ८६ अर्ब थियो। पुँजीगत खर्चमा सामान्य वृद्धि भएको छ। गत वर्षको सात महिनामा ६३ अर्ब भएकोमा यो वर्ष ६८ अर्ब भएको छ। 

चालु खर्चमा सामान्य वृद्धि भएपनि वित्तीय व्यवस्थाको खर्च हुँदा सार्वजनिक खर्चमा वृद्धि देखिएको छ। ऋणको सावाँ ब्याज भुक्तानी हुने यो शीर्षकको खर्च गत वर्ष १ खर्ब १४ अर्ब भएकोमा यो वर्ष १ खर्ब ६३ अर्ब भएको छ। 

सात महिनामा संघीय सरकारको आम्दानी र खर्चबीचको खाडल खर्ब नाघेको छ। महालेखा नियन्त्रकको तथ्यांकमा कुल संघीय राजस्वको आँकडाअनुसार ९१ अर्बको खाडल देखिए पनि बाँडफाँडपछिको राजस्वको समायोजन गर्दा १ खर्ब ५० अर्ब जतिको खाडल सिर्जना भएको छ। 

यो खाडलभन्दा धेरै ऋण लिएकाले सरकारकी ढुकुटीमा खासै समस्या भएको देखिँदैन। तर पुँजीगत शीर्षकको भुक्तानीले तीव्रता पाएमा खाडल अझै फराकिलो हुने निश्चित देखिएको छ। 


प्रकाशित : बिहीबार , फागुन १ २०८१११:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend