शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

पञ्चेश्वरमा पारस्परिक लाभका लागि डीपीआरलाई अन्तिम रुप दिन नेपाल प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

images
बुधबार, माघ ३० २०८१
images
images
पञ्चेश्वरमा पारस्परिक लाभका लागि डीपीआरलाई अन्तिम रुप दिन नेपाल प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

'पारस्परिक लाभका लागि पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डीपीआरलाई छिट्टै अन्तिम रूप दिन नेपाल प्रतिबद्ध छ। विज्ञ समूहको कार्यकाल अगस्ट २०२५ सम्म थप गरी विज्ञ समूहको बैठकमार्फत् डीपीआरलाई परिमार्जन गराइ सहमतिमा टुंग्याउनुपर्ने आवश्यकता छ।'

images
images

काठमाडौं- भारत भ्रमणमा रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) लाई छिट्टै अन्तिम रुप दिन नेपाल प्रतिबद्ध रहेको जनाएका छन्। 

images
images
images

भारतका जलशक्ति मन्त्री सिआर पाटिलसँग यसअघि गएको कात्तिकमा भएको भेटमा दुई देशको सहकार्यमा जलस्रोतको क्षेत्रमा महत्वपूर्ण कार्यहरुका लागि अघि बढ्न थप हौसला प्रदान गरेको स्मरण गर्दै मन्त्रीले खड्काले भने, 'पारस्परिक लाभका लागि पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डीपीआरलाई छिट्टै अन्तिम रूप दिन नेपाल प्रतिबद्ध छ। विज्ञ समूहको कार्यकाल अगस्ट २०२५ सम्म थप गरी विज्ञ समूहको बैठकमार्फत् डीपीआरलाई परिमार्जन गराइ सहमतिमा टुंग्याउनुपर्ने आवश्यकता छ। यसका लागि नेपालले केही प्रस्ताव अलग रुपमा भारतलाई पठाएको छ।'

images
images

पञ्चेश्वरमा नेपाल पक्षले अहिलेसम्म ५०/५० प्रतिशत पानीको उपयोगको अधिकार रहनुपर्ने बताउँदै आएको छ। भारतले भने ७५ प्रतिशत भारतको र २५ प्रतिशत नेपालको हुनेगरी मिलाउनुपर्ने सर्त राख्दै आएको छ। ६८ वर्षदेखिको आयोजनामा पटक-पटकको वार्तापछि पनि नेपाल र भारतबीच अन्तिम सहमति हुन सकेको छैन।

images
images
images

सन् १९५६ मा भारतको केन्द्रीय जल आयोगद्वारा पहिलोपटक ६ हजार ४ सय ८० मेगावाट विद्युत् उत्पादन गरिने लक्ष्य राखिएको पञ्चेश्वर आयोजनाको पहिचान गरेपछि यसको विकासका लागि सन् १९७८ मा नेपाल-भारत दुवै पक्षको सहभागितामा ‘ज्वाइन्ट ग्रुप अफ एक्स्पर्ट’ गठन गरिएको थियो भने सन् १९८८ मा नेपाल सरकारद्वारा पश्चेश्वर बहुद्देश्यीय आयोजना कार्यालय स्थापना भएको थियो।

सन् १९९१ मा पञ्चेश्वर कन्सोर्टमद्वारा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको प्रतिवेदन तयार तथा सन् १९९५ मा नेपालद्वारा पञ्चेश्वरको डीपीआर तयार गरिएको थियो। यसअघि गरिएको विस्तृत अध्ययनले यो आयोजना बन्दा २ हजार ९ सय २६ घरधुरीका २२ हजार ७ सय ६५ जनालाई पुनर्बासमा लैजानुपर्ने देखाएको थियो ।

‘इण्डिया इनर्जी वीक-२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुगेका मन्त्री खड्काले बाढी र डुबान व्यवस्थापनको लागि संयुक्त समिति चौधौँ बैठक मार्च २०२२ मा भएपश्चात अर्को बैठक हुन नसकेकोले यथासम्भव छिटो अर्को बैठक गर्न भारत सरकारलाई अनुरोध पनि गरेका छन्।

यसअघि ऊर्जामन्त्री खड्काले भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरसँग पनि भेटवार्ता गरेका थिए। भेटमा नेपाल भारतबीचको ऊर्जा विकासका विविध विषयमा छलफल भएको थियो।

ऊर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको ऊर्जा विकासका विषयमा छलफल ऊर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको ऊर्जा विकासका विषयमा छलफल


प्रकाशित : बुधबार, माघ ३० २०८११७:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend