शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

‘बैंक तथा वित्तीय संस्थाले ऋणीको धितो लिलामी प्रक्रिया पारदर्शी बनाउनुपर्छ’

images
बुधबार, माघ ३० २०८१
images
images
‘बैंक तथा वित्तीय संस्थाले ऋणीको धितो लिलामी प्रक्रिया पारदर्शी बनाउनुपर्छ’

'बैंक तथा वित्तीय संस्थाले कानूनी प्रक्रिया मात्रै पूरा गरेका देखिन्छन्', प्रजिअ गणेश अर्यालले भने, 'असल नियत र खराब नियतका ऋणीलाई एउटै नजरले हेर्न हुँदैन। व्यवहारिक र पारदर्शीतालाई पनि ध्यान दिन जरुरी छ।'

images
images

वीरगञ्ज- बैंक तथा वित्तीय संस्थाले ऋणीको धितोबापतको सम्पत्ति लिलाम गर्दा कानूनी र विश्वसनीय ढंगले गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरूले बताएका छन्।

images
images
images

जिल्ला प्रशासन कार्यालय पर्साको समन्वयमा आज यहाँ आयोजित बैंक तथा वित्तीय संस्थाका प्रादेशिक प्रमुख तथा प्रतिनिधिसँगको अन्तरसंवाद कार्यक्रमका वक्ताहरूले बैंक तथा वित्तीय संस्थाले ऋणीको धितोबापतको सम्पत्ति लिलाम गर्दा देखावटी रूपमा मात्रै नभएर विश्वसनीय ढंगले गर्नुपर्ने बताएका हुन्।

images
images

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बैंक तथा वित्तीय संस्थाले ऋणीको धितोबापतको सम्पत्ति लिलाम गर्दा पारदर्शिता र विश्वसनीयता कायम गर्नुपर्ने बताए।

images
images
images

'धितो स्वीकार गर्ने बेला ५० लाख रूपैयाँ मूल्यांकन भएको सम्पत्ति लिलाम गर्नुपर्दा भने २८-३० लाख रूपैयाँ मूल्यांकन गर्ने प्रक्रियालाई सुधार गर्न जरुरी भइसकेको छ', उनले भने, 'धितो स्वीकार गर्दा इञ्जिनियरसहितको प्रयोग गरेको देखिन्छ तर, लिलाम गर्दा सो प्रक्रिया किन नअपनाइएको हो? यो विषयमा पनि सुधार गर्न आवश्यक भइसकेको छ।'

प्रजिअ अर्यालले धितो लिलाम गर्दा पहिला बनिबनाउ तीन-चार व्यक्ति लगेर प्रक्रियामात्रै मिलाउने प्रवृत्तिमा सुधार गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिए। 'बैंक तथा वित्तीय संस्थाले कानूनी प्रक्रिया मात्रै पूरा गरेका देखिन्छन्', उनले भने, 'असल नियत र खराब नियतका ऋणीलाई एउटै नजरले हेर्न हुँदैन। व्यवहारिक र पारदर्शीतालाई पनि ध्यान दिन जरुरी छ।'

नेपाल राष्ट्र बैंक वीरगञ्जका निर्देशक सुशील पौडेलले बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाहमा मात्रै ध्यान नदिएर ऋण दिएपछि पनि ऋणीको निरन्तर अनुगमन गर्नुपर्नेमा जोड दिए। 'धेरै ऋण प्रवाह गर्नेतर्फ मात्रै ध्यान केन्द्रित गर्नुहुँदैन', उनले भने, 'जुन प्रयोजनको लागि ऋण लिएको हो। सोही प्रयोजनमा प्रयोग भयो कि भएन भन्नेतर्फ पनि सचेत हुन जरुरी छ।'

वीरगञ्ज बैंक तथा वित्तीय संस्था समूहका संयोजक रोहिणी आचार्यले राष्ट्र बैंकको नीति र निर्देशिका अनुसार सञ्चालन हुँदै आइएको बताइन्। 'केही संस्थाले गरेका गल्ती र कमजोरीलाई देखाएर अन्यलाई खराब भन्न हुँदैन', उनले भनिन्, 'पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ऋण उठाउन समस्या भइरहेको छ। अर्काेतर्फ संस्थाका कर्मचारीलाई पनि भौतिक आक्रमण भएकोतर्फ सचेत गराउन चाहन्छु।' 

नेपाल राष्ट्र बैंक वीरगञ्जका सहायक निर्देशक नरेशकुमार सर्राफले पछिल्लो समय ऋण असुलीमा चुनौती थपिँदै गइरहेको बताए। 'बैंक तथा वित्तीय संस्थाले ऋणीको धितोबापतको सम्पत्ति लिलामी गर्दा पारदर्शिता अपनाउनु पर्दछ', उनले भने।

पर्साका प्रहरी प्रमुख गौतम मिश्रले प्रहरीमा पछिल्लो समय आर्थिक अपराधका गतिविधिसम्बन्धी उजुरी आउने क्रम बढेको बताए। 'बैंक तथा वित्तीय संस्थाले आर्थिक अपराधका गतिविधिसम्बन्धी अनुसन्धानको क्रममा सहजीकरण गर्न आवश्यक देखिन्छ', उनले भने। 

सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वाटरका गणपति राधेश्याम धिमालले बैंक तथा वित्तीय संस्थाले आफ्नो कार्यालय वरिपरि सीसी क्यामेरा जडान गरी कार्यसम्पादनमा पनि प्रविधिको प्रयोग गर्न अनुरोध गरे। रासस


प्रकाशित : बुधबार, माघ ३० २०८११६:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend