काठमाडौं- सरकारले उपभोक्ताको उजुरी तथा गुनासोलाई सम्बोधन गर्नेगरी उपभोक्ता अदातल सञ्चालनमा ल्याउने निर्णय गरेको छ। राजपत्रमा सूचना प्रकाशिन गर्दै सरकारले चैत २ गतेबाट उपभोक्ता अदालत सञ्चालन गर्ने जनाएको छ।
विश्व उपोक्ता अधिकार दिवसको दिनबाट अदालत सञ्चालनमा आउने भएको छ। काठमाडौं, भक्तपुर, र ललितपुरका मुद्दाको कारबाही तथा किराना गर्ने क्षेत्राधिकारसहित अदालत गठन भएको छ। अदालत काठमाडौंमा रहने छ।
अदालतको अध्यक्षमा काठमाडौं जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश रामप्रसदा शर्मा रहने भएका छन्। यसैगरी सदस्यहरुमा न्याय सेवा समूहका राजपत्राङकित द्वितीय श्रेणीका अधिकृत महेन्द्रराज रेग्मी र द्वितीय श्रेणीका अधिकृत आनन्दराज पोखरेल रहने जनाइएको छ।