काठमाडौं- राजस्वसम्बन्धीका दुई विभागका महानिर्देशकको सरुवा भएको छ। आन्तरिक राजस्व र भन्सार विभागका महानिर्देशकको सरुवा भएको हो।
भन्सारका महानिर्देशक हरिसरण पुडासैनीलाई राष्ट्रिय योजना आयोग र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई संघीय मामिलामा सरुवा गरिएको छ। यी दुबै महानिर्देशकलाई वर्तमान अर्थमन्त्रीले नै जिम्मेवारी दिएका थिए।
राजस्व संकलन प्रभावकारी नभएको भन्दै निरन्तर रुपमा अर्थमन्त्री असन्तुष्ट रहँदै आएका थिए। दुई महानिर्देशकको सरुवा भएपनि नयाँ भने पठाइएको छैन।
अर्थ मन्त्रालयबाट दीर्घराज मैनाली र नारायण रिसालको पनि सरुवा भएको छ।
आन्तरिक राजस्व र भन्सार विभागको महानिर्देशकका लागि अर्थ संरचनामा रहेका केही सहसचिव अब प्रतिस्पर्धामा रहेका छन्।
अर्थ स्रोतकाअनुसार आन्तरिक राजस्वमा मदन दाहाल लगभग निश्चित रहेको छ। भन्सारमा भने महेश भट्टराई तथा श्याम भण्डारीको सम्भावना रहेको छ। त्यस्तै आन्तरिक राजस्वको उपमहानिर्देशक रहेका सेवन्तक पोखरेललाई मन्त्रालय तानेर तिर्थराज चिलवाललाई पठाउने तयारी भएको छ।