शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ २९ २०८१
images
images
दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी

हरिवन नगरपालिकाले आयोजना गरेको लघुउद्यम कार्यक्रममा सहभागी भएर दुनाटपरी बनाउने सीप सिकेका उनले नौ महिना पहिला उद्योग सुरु गरेका हुन्।

images
images

बरहथवा- हरिवन नगरपालिका-४ गेल्हाका २० वर्षीय जितेन्द्र महतोले दुनाटपरी उद्योग सञ्चालन गरेर दैनिक रु तीन हजारसम्म आम्दानी गर्दै आएका छन्। गाउँमा एक उदाहरणीय उद्यमीका रूपमा परिचित उनले दुनाटपरी बनाउने उपकरण थप गरी व्यवसाय विस्तार गरेका छन्। 

images
images
images

सोमबार नयाँ उपकरणको उद्घाटन गर्नुभएका जितेन्द्रले आगामी दिनमा उत्पादन दुईगुणाले बढ्ने अपेक्षा व्यक्त गरे। हरिवन नगरपालिकाले आयोजना गरेको लघुउद्यम कार्यक्रममा सहभागी भएर दुनाटपरी बनाउने सीप सिकेका उनले नौ महिना पहिला उद्योग सुरु गरेका हुन्। 

images
images

चुरेका वनमा खेर गइरहेको साल, भोर्लाको पातबाट दुनाटपरी बनाउने उक्त उद्योगमा महतोले २० जना युवालाई रोजगारी दिए। हरिवन-१० सुकेपोखरीस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसमा स्नातक अध्ययनरत उनले १२ कक्षापछि वैदेशिक रोजगारीको योजनामा थिए। विदेश भासिने तयारीमा रहेको आफू वडाध्यक्ष केशवराज थापाको सहयोगमा उद्यमी बनेको उनले बताए।

images
images
images

'म कक्ष १२ (प्लस टु) सकेर विदेश जाने अन्तिम तयारीमा थिए', उनले भने, 'वडाध्यक्षसँग सहयोग माग्न जाँदा उनले यही केही गर्नुपर्छ भनेपछि हौसला पाएर सीप सिकेको हुँ। नगरले आयोजना गरेको लघु उद्यमसम्बन्धी सेमिनारमा लैजानु भएपछि मलाई पनि उद्यमी बन्ने रहर जागेको हो। रहर त जाग्यो। तर लगानी नहुँदा निकै दुःख पाएँ। उहाँले सहयोग गरेपछि आज उद्यम गरिरहेको छु।'

बजारमा दुनाटपरीको माग धेरै भएकाले तीन लाख ६० हजार रुपैयाँ पर्ने नयाँ उपकरण जडान गरेको महतोले बताए। यसअघि दुई लाख ४० हजार रुपैयाँमा एक थान उपकरण जडान गरेको उनले उल्लेख गरे। 'त्यसबाट विभिन्न पाँच प्रकारका दैनिक पाँच हजार दुनाटपरी उत्पादन हुने गरेको छ। अब दैनिक १० हजार बढी उत्पादन बजार पुर्‍याउने लक्ष्य छ', उनले भने।  

नयाँ उपकरण जडानपछि महिनामा तीन लाखसम्मको दुनाटपरी उत्पादन गर्न सकिने उनको दाबी छ। यसबाट मजदुर, उत्पादन, बजारीकरणसमेतको खर्च कटाएर दैनिक दुई हजार पाँच सयदेखि तीन हजार रुपैयाँसम्म मुनाफा हुने उनले जानकारी दिए। रुखको पातबाट बन्ने भएकाले दुनाटपरी वातावरण मैत्री हुने भएकाले प्लास्टिकजन्य सामानभन्दा उपभोक्तालेसमेत धेरै रुचाउने गरेको उनको अनुभव छ। 

जितेन्द्रले स्थानीयस्तरमा उत्पादन भएका, वातावरण मैत्री सामग्रीको अधिक प्रयोग गरेर सबै तहबाट नवयुवा उद्यमीलाई प्रोत्साहन गर्न आग्रह गरे। यसले वैदेशिक रोजगारीमा जाने क्रम निरुत्साहित गर्ने भएकाले लघु उद्यममा युवालाई जोड्न आवश्यक रहेको बताए। 'सुरुमा नपत्याएका बैंकहरूले अहिले ऋण लिन बोलाइरहेका छन्। सुरुमा उद्यम सुरु गर्छुभन्दा पुँजी थिएन', उनले स्मरण गरे, 'ऋण माग्दा बैंक तथा वित्तीय संघसंस्थाहरूले दिएनन्।' 

अहिले फोन गरेर ‘ऋण लैजानुस्’ भनिरहेका महतोले बताए। पहिलो पटक हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारीबाट लिएको एक लाख ऋणबाट सुरु भएको उद्योग सञ्चालनमा फेरि त्यसबेलाको जस्तो संकट भोग्नु नपरेको उनले सुनाए। 

जितेन्द्रले सञ्चालन गरेका भजुँ बाबा दुनाटपरी उद्योगबाट उत्पादन भएका सामग्री जिल्लाको हरिवन, नवलपुर, बागमती, लालबन्दी, बरहथवा, बयलबास, मलंगवालगायत बजारसम्म पुग्ने गरेको छ। उपभोक्ताको मागअनुसार सालको पत्ता, भोज पत्ता, दुनाटपरीलगायत सामान बजारमा उपलब्ध गराउने गरेको उनले बताए। 

जितेन्द्रजस्ता लगानी नभएका, उद्यमी बन्ने योजना भएकालाई नगरपालिकाले रणनीति बनाएर प्रोत्साहन गरिरहेको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीले बताए।

स्थानीय साधनस्रोतमा जोडेर युवालाई स्वरोजगार बनाए मात्र मुलुक समृद्धिको यात्रामा जाने वडाध्यक्ष केशवराज थापाले बताए। पढाइ छोडेर रोजगारीका लागि विदेश जान सहयोग माग्ने युवालाई गाउँ घरमा उद्यम गरेर परिवारसँग बस्न प्रेरित गर्दै आइएको उनको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, माघ २९ २०८११०:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend