सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

कैलाली पुगेर परराष्ट्रमन्त्री राणाले भनिन् - चिसापानी-गड्डाचौकी सडकखण्ड ६ लेनको बन्छ

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ २८ २०८१
images
कैलाली पुगेर परराष्ट्रमन्त्री राणाले भनिन् - चिसापानी-गड्डाचौकी सडकखण्ड ६ लेनको बन्छ

मन्त्री राणाले सवारीको चापलाई मध्यनजर गर्दै कैलालीको चिसापानीबाट कञ्चनपुरको गड्डाचौकीसम्म ६ लेनको बनाउनको लागि सर्वेक्षण गर्ने काम भइरहेको बताइन्।

images
images

काठमाडौं- परराष्ट्रमन्त्री आरजु राणा देउवाले पूर्वपश्चिम महेन्द्र राजमार्गको चिसापानी-गड्डाचौकी सडकखण्ड ६ लेनको बनाउन छिट्टै काम सुरू हुने बताएकी छिन्। 

images
images
images

कैलालीको लम्कीचुहा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै मन्त्री राणाले सवारीको चापलाई मध्यनजर गर्दै कैलालीको चिसापानीबाट कञ्चनपुरको गड्डाचौकीसम्म ६ लेनको बनाउनको लागि सर्वेक्षण गर्ने काम भइरहेको बताइन्। 

images
images

उनले भनिन्, 'राजमार्गलाई छ लेन बनाउन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पहल गरिरहनुभएको छ। राजमार्गको अहिले सर्वे गर्ने काम भइरहेको छ। छ लेनको सडक निर्माणका लागि छिट्टै काम सुरू हुन्छ।'

images
images

मन्त्री देउवाले लम्कीचुहा नगरपालिकाको प्रशासकीय भवनले यस नगरका नगरवासीलाई एकीकृत सेवा लिन सहज हुने विश्वास व्यक्त गरिन्। उनले यस क्षेत्रको कृषि क्षेत्रको समग्र विकासको लागि सरकार गम्भीर रहेको बताउँदै स्थानीयस्तरमा भएको विकास निर्माण देख्दा आफू उत्साहित भएको बताइन्। 

केही दिनदेखि सुदूरपश्चिको कैलालीमा रहेकी मन्त्री देउवाले आजै नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ र लम्कीचुहा नगरसमितिको नवनिर्मित पार्टी कार्यालय बिपी स्मृति भवनसमेत उद्घाटन गरेकी छिन्। रासस


प्रकाशित : सोमबार, माघ २८ २०८११२:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend