सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

खानेपानी मन्त्रालयमा आगलागी भएको स्थानको निरीक्षणमा गए पूर्वाधार विकास समितिका सभापतिसहित सदस्यहरू

images
आइतबार, माघ २७ २०८१
images
खानेपानी मन्त्रालयमा आगलागी भएको स्थानको निरीक्षणमा गए पूर्वाधार विकास समितिका सभापतिसहित सदस्यहरू

आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन्।

images
images

काठमाडौं- खानेपानी मन्त्रालयमा शनिबार बिहान आगलागी हुँदा करिब ५० लाख रूपैयाँ बराबरको क्षति भएको जनाइएको छ। आज आइतबार पूर्वाधार विकास समितिका सभापतिसहित सदस्यहरूले आगलागी भएको स्थानको निरीक्षण गरेका छन्।

images
images
images

निरीक्षणपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले उक्त घटनाले सिंहदरबारभित्रका कार्यालयको वायरिङदेखि सबै कुरामा जाँच गर्नुपर्ने र यस्ता घटना हुन नदिन पूर्वतयारी आवश्यक रहेको बताए।

images
images

'उक्त घटनामा जनको क्षति नभए पनि धनको ठूलो क्षति भएको छ, यस घटनाले सिंहदरबारभित्रका कार्यालयको वायरिङ परीक्षण गर्नुपर्ने आवश्यक देखिएको छ,' उनले भने। 

images
images

खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन्।

आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन। आगलागीले तीनवटा कोठामा क्षति गरेको छ। आगलागीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।


प्रकाशित : आइतबार, माघ २७ २०८११५:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend