मंगलबार, साउन ६ गते २०८२    
मंगलबार, साउन ६ २०८२
images
images

अम्रिसोबाट आम्दानी लिँदै म्याग्दीका किसान

images
आइतबार, माघ २७ २०८१
images
images
अम्रिसोबाट आम्दानी लिँदै म्याग्दीका किसान

यहाँका किसानले केही वर्ष अघिसम्म खेतबारीमा खेर गइरहेको अम्रिसो खेती गरेर आम्दानी लिन थालेका छन्।

images

म्याग्दी- यहाँको मंगला गाउँपालिका-५ अर्मनकी तेजकुमारी बुढाथोकीले बारी र पाखोमा लगाएको अम्रिसो खेतीबाट गतवर्ष तीन लाख रूपैयाँ आम्दानी गरे। यस वर्ष चार लाख रूपैयाँभन्दा बढी आम्दानी गर्ने उद्देश्यका साथ अम्रिसो खेती विस्तार गरेको उनले बताए।

images
images

त्यसैगरी बेनी नगरपालिका-२ रोहोटेका बेलबहादुर घिमिरेले अम्रिसो अम्रिसो बिक्री गरेर दुई लाख रूपैयाँ आम्दानी गरेको बताए। यहाँका किसानले अम्रिसो प्रतिकेजी एकसय २५ रूपैयाँका दरले बिक्री गर्दै आएका छन्। 'गत वर्ष एकसय २५ रूपैयाँमा बिक्री गर्‍यौँ, यस वर्ष मूल्य बढेको छ भन्ने सुनेका छौँ', घिमिरेले भने।

images
images

उनीहरु जस्तै अन्य किसानले पनि केही वर्ष अघिसम्म खेतबारीमा खेर गइरहेको अम्रिसो खेती गरेर आम्दानी लिन थालेका छन्।

images
images

विगत पाँच वर्षदेखि म्याग्दीबाट अम्रिसो व्यापार गर्दै आएका ओढारचौरका कृष्ण गौतमले गत वर्ष १० क्विन्टल अम्रिसो खरिद गरेको र यस वर्ष पनि एकसय २५ रूपैयाँमा नै १२ क्विन्टल अम्रिसो खरिद गर्नका लागि किसानलाई पेश्की बुझाइसकेको बताए।

एक किलो अम्रिसोबाट पाँचवटासम्म कुचो बनाउन सकिने र प्रतिकुचो ७५ रूपैयाँदेखि एकसय रूपैयाँसम्ममा बिक्री हुने उनको भनाइ छ। म्याग्दीमा प्रतिकिलो एकसय २५ रूपैयाँमा खरिद गरेको अम्रिसो पोखरामा एकसय ६०, चितवनमा एकसय ९० र काठमाडौंमा दुईसय रूपैयाँमा बिक्री गर्ने गरेको उनले बताए। रासस


प्रकाशित : आइतबार, माघ २७ २०८११४:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend