शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

पर्वतको मिलनचोक-लेखफाँट-शालिजा सडक स्तरोन्नति सुरु

images
आइतबार, माघ २७ २०८१
images
images
पर्वतको मिलनचोक-लेखफाँट-शालिजा सडक स्तरोन्नति सुरु
फाइल तस्बिर

यसअघि विनियोजन भएको दुई करोड १५ लाख गरी पाँच करोड १५ लाख रूपैयाँमा सडक स्तरोन्नतिको योजना सुरु भएको हो।

images
images

पर्वत- जलजला गाउँपालिकाको मिलनचोक-लेखफाँट-शालिजा सडक स्तरोन्नति गर्न सुरु गरिएको छ। जलजला गाउँपालिकाका चार वडाका साथै छिमेकी जिल्ला म्याग्दीको नागीका बासिन्दालाई बाह्रैमास यातायातको सुविधा उपलब्ध गराउन सडक कालोपत्रसहित स्तरोन्नति गर्न थालिएको हो।

images
images
images

सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा संघीय सरकारबाट थप तीन करोड रूपैयाँ बजेट विनियोजन भएको छ। यसअघि विनियोजन भएको दुई करोड १५ लाख गरी पाँच करोड १५ लाख रूपैयाँमा सडक स्तरोन्नतिको योजना सुरु भएको हो।

images
images

जिल्लाको मुख्य कृषि पकेट क्षेत्रका रूपमा रहेको जलजला-६ शालिजालाई जोड्ने सडक स्तरोन्नतिका लागि बजेट सुनिश्चित भएसँगै शनिबार सडक डिभिजन कार्यालय पोखराका प्राविधिक फिल्डमा खटिएर नापजाँच गरिसकेका छन्। अबलगत्तै योजना अघि बढाउने तयारी भएको छ।

images
images
images

चालु आवभित्रमै योजना सम्पन्न गर्नेगरी बजेट विनियोजन भएको पूर्वमन्त्री तथा सांसद पदम गिरीले जानकारी दिए। अहिले विनियोजन भएको बजेटले हुन नसकेको काम आगामी आवका लागि पनि प्राथमिकतामा राखेर बजेट विनियोजन गराउन पहल गर्ने उनले बताए। आगामी आवमा मिलनचोकबाट शालिजासम्मको सडक स्तरोन्नति योजना सम्पन्न गर्न आफूले पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजनको पहल गरेको उनको भनाइ छ।

यो सडकको करिब दुई दशकअघि मार्ग खोलिएको थियो। तरकारी पकेट क्षेत्रका रूपमा चिनिएको वडा नम्बर ५ लेखफाँट हुँदै ६ नम्बर वडा शालिजा जोड्ने कृषि सडक जीर्ण हुँदा किसानले उत्पादन गरेको कृषि उपज बजारसम्म लैजान समस्या भोग्दै आएका छन्।

चालु आवमा मिलनचोकबाट लुङ्दी खोलाको मोटरेबल पुलसम्म प्रदेश सरकारको बजेटबाट सडक स्तरोन्नति योजना अघि बढेकाले वडा नं ४ खोलाखेतबाट अगाडि सडक स्तरोन्नतिको काम सुरु गरिने वडाध्यक्ष भरत क्षेत्रीले जानकारी दिए।

कच्ची, जीर्ण र साँघुरो सडकका कारण कृषि उपजको बजारीकरण तथा आवतजावतमा सर्वसाधारणले वर्षौँदेखि समस्या भोग्दै आएकाले सडक स्तरोन्नतिका लागि थप बजेट विनियोजन भएपछि स्थानीय उत्साहित भएको क्षेत्रीले बताए।

गण्डकी प्रदेश सरकारले मिलनचोक बजारबाट लुङ्गदी खोलाको मोटरेबल पुलसम्म एक किलोमिटर ५०० मिटर दुरीको सडक स्तरोन्नति गर्न एक करोड ७९ लाख रूपैयाँ विनियोजन गरेको थियो। उक्त बजेटबाट अहिले सडक स्तरोन्नतिको योजना सुरु भएको छ।

बहुवर्षीय ठेक्का लगाएर योजना कार्यान्वयन गर्न चालु आवका लागि प्रदेश सरकारले ७२ लाख रूपैयाँ विनियोजन गरेको छ। अहिले सडक फराकिलो पार्ने, पक्की नाली निर्माण, सडक ढलान र सोलिङको काम भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

सडक निर्माणका लागि युग विल्डर्स एण्ड सप्लायर्स प्रालि पोखरासँग १८ महिनामा सम्पन्न गर्नेगरी सम्झौता भएको थियो। बाँकी रहेको खोलाखेतबाट शालिजासम्मको सडक फराकिलो, नाली निर्माण, ढलान र कालोपत्र गर्न आठ करोड रूपैयाँ बजेट आवश्यक पर्ने अनुमान गरिएको छ।

सडक स्तरोन्नति भएपछि जलजलाको वडा नं ४ खोलाखेत तथा ५ को रातामाटा र लेखफाँट, ६ को भोटेडाँडा, शालिजा र ठोटनेरीका साथै छिमेकी जिल्ला म्याग्दीका स्थानीय लाभान्वित हुनेछन्। रासस


प्रकाशित : आइतबार, माघ २७ २०८११४:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend