शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

डोटीमा आगलागी, दुई लाख ५० हजार रूपैयाँ बराबरको क्षति

images
आइतबार, माघ २७ २०८१
images
images
डोटीमा आगलागी, दुई लाख ५० हजार रूपैयाँ बराबरको क्षति

केआईसिंह-३ झिगाबस्तीस्थित बाजी भुलको दुईतले ढुंगामाटोले बनेको घरमा खाना पकाउने क्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

images
images

डोटी- जिल्लाको केआईसिंह गाउँपालिकामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। केआईसिंह-३ झिगाबस्तीस्थित बाजी भुलको दुईतले ढुंगामाटोले बनेको घरमा खाना पकाउने क्रममा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

images
images
images

आगलागीका कारण १० बोरा अन्नपात, लत्ताकपडा, भाँडावर्तनलगायत अन्दाजी दुई लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

images
images

भुलको आठ जनाको परिवारलाई अहिले आफन्तको घरमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराई जानकारी दिए। आगलागीबाट मानवीय तथा पशुचौपाया क्षति नभएका भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

images
images
images

घटनास्थलमा खटिएका प्रहरी नायब निरीक्षक कुलवीर बोहराको संयोजकत्वमा ६ प्रहरीसहित स्थानीय परिचालन गरी आगो नियन्त्रण गरिएको प्रहरी नायब उपरीक्षक भट्टराई जानकारी दिए। रासस


प्रकाशित : आइतबार, माघ २७ २०८११३:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend