शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

देवघाटको झोलुंगे पुल जीर्ण बनेपछि जोखिममा, वैकल्पिक पुल बनाउन स्थानीयको माग

images
आइतबार, माघ २७ २०८१
images
images
देवघाटको झोलुंगे पुल जीर्ण बनेपछि जोखिममा, वैकल्पिक पुल बनाउन स्थानीयको माग

सो पुल हुँदै दैनिक हजारौँ भक्तजनले आवतजावत गर्ने गर्छन्। पुल जीर्ण भएकाले जोखिमपूर्ण बनेको स्थानीयवासीको भनाइ छ।

images
images

दमौली- तनहुँको देवघाट र चितवन जोड्ने त्रिशूली नदीमाथिको झोलुंगे पुल जीर्ण बनेपछि स्थानीयवासीले वैकल्पिक पुलको माग गरेका छन्।

images
images
images

सो पुल हुँदै दैनिक हजारौँ भक्तजनले आवतजावत गर्ने गर्छन्। पुल जीर्ण भएकाले जोखिमपूर्ण बनेको स्थानीयवासीको भनाइ छ। 

images
images

विसं २०३७ मा सो पुल निर्माण भएको थियो। अब पुल यात्रु धान्न नसक्ने अवस्थामा जीर्ण बनेको स्थानीय शिवराज पौडेलले बताए। एकै पटकमा सयौँले पुल तर्दा पिङझैँ हल्लने गरेको उनले बताए। उनले भने, 'अब यो पुलको विकल्प खोज्नुपर्ने बेला आएको छ।' 

images
images
images

देवघाट जान हाल उक्त झोलुंगे पुलबाहेक ठिमुरा, दासढुंगा र नवलपुर जोड्ने हर्दीमा पक्की पुल सञ्चालनमा छ। तर देवघाट जाने अधिकांश भक्तजनले चितवनको आपँटारी हुँदै यही पुल प्रयोग गर्छन्। 

देवघाट गाउँपालिका-५ का अधिकांशले चितवनको भरतपुर आउन सबैभन्दा छोटो दुरीको रुपमा सो पुल प्रयोग गर्दै आएका छन्। पुलबाट दैनिक सयौँ मोटरसाइकल वारपार गरिँदै आएको छ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उक्त पुल मर्मतसम्भार गरेर मात्र नहुने अवस्थामा पुगेको बताए।

यहाँ पक्की पुलकै आवश्यकता देखिएको उनले बताए। उनले भने, 'गाउँपालिकाको स्रोत साधनले सम्भव छैन। प्रदेश सरकार र संघीय सरकारले पहलकदमी लिनुपर्छ।' रासस


प्रकाशित : आइतबार, माघ २७ २०८११३:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend