शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

किसानलाई सुन्तलाखेतीमा प्रोत्साहन गर्दै कृषि ज्ञान केन्द्र

images
आइतबार, माघ २७ २०८१
images
images
किसानलाई सुन्तलाखेतीमा प्रोत्साहन गर्दै कृषि ज्ञान केन्द्र

विगतमा स्थानीय बजारमा मात्र बिक्री हुने सुन्तला सडकको पहुँच विस्तारसँगै बाहिरको जिल्लामा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाउने गरेका छन्।

images
images

भोजपुर- यस वर्ष जिल्लाबाट ३५ करोड २८ लाख रूपैयाँ बराबरको सुन्तला निर्यात भएको छ। चार हजार दुईसय मेट्रिकटन सुन्तला निर्यात हुँदा सो बराबर रकम जिल्ला भित्रिएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ।

images
images
images

यहाँ नौसय ५० हेक्टरमा सुन्तलाखेती विस्तार गरिएको भए पनि सातसय ९० हेक्टरमा लगाएको सुन्तलाले उत्पादन दिने गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख मुकेशकुमार यादवले जानकारी दिए। हालसम्म जिल्लाबाट ३५ करोड २८ लाख रूपैयाँ बराबरको सुन्तला निर्यात भएको तथ्यांक रहेको प्रमुख यादवले बताए।

images
images

'जिल्लाबाट यस वर्ष ३५ करोड बढीको सुन्तला निर्यात भएको छ', प्रमुख यादवले भने, 'यहाँको सात सय ९० हेक्टर क्षेत्रमा विस्तार भएको सुन्तलाले उत्पादन दिने गरेको छ। आगामी दिनमा यहाँबाट निर्यात हुने सुन्तलाको परिमाण अझ बढ्ने देखिन्छ।' किसानलाई सुन्तलाखेतीमा प्रोत्साहन गर्न कार्यालयले आवश्यक सहयोग गर्दै आएको उनको भनाइ छ। 

images
images
images

किसानलाई सुन्तलामा लाग्ने रोग, किराका बारेमा जानकारी दिन स्थलगतरुपमा अभ्यासमूलक तालिम सञ्चालनसँगै आवश्यक उपकरण हस्तान्तरणलगायत काम गर्दै आएको प्रमुख यादवको भनाइ छ। सुन्तलाखेती यहाँका किसानको राम्रो आम्दानीको स्रोत रहेको उनको भनाइ छ।

'पछिल्लो समय भोजपुरका किसान सुन्तलाखेतीतर्फ आकर्षित भएका छन्', उनले भने, 'सुन्तलाखेतीमा जुटेका किसानलाई आवश्यक तालिमसँगै प्रविधिक सहयोग पनि गर्दै आएका छौँ। बर्सेनि यहाँ खेती विस्तारको क्षेत्र बढी रहेको अवस्था छ।'

जिल्लाका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने गरेको छ। बढीमात्रामा सुन्तला उत्पादन हुने भोजपुर नगरपालिका, षडानन्द नगरपालिका र टेम्केमैयुङ गाउँपालिकामा सुन्तला पकेट क्षेत्र विस्तार गरिएको छ। 

विगतमा स्थानीय बजारमा मात्र बिक्री हुने सुन्तला सडकको पहुँच विस्तारसँगै बाहिरको जिल्लामा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाउने गरेका छन्।

यहाँ उत्पादन भएको सुन्तला धरान, इटहरी, विराटनगर, काठमाडौंलगायत सहरमा जाने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। भोजपुरमा गत वर्ष २९ करोड रूपैयाँ बराबरको सुन्तला निर्यात भएको कार्यालयको भनाइ छ। गत वर्षको तुलना यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ। रासस


प्रकाशित : आइतबार, माघ २७ २०८१११:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend