शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

मन्त्री दाहालद्वारा बीपी राजमार्ग निरीक्षण, क्षतिग्रस्त खण्डमा तुरुन्त पुनर्निर्माणको काम सुरु गर्न निर्देशन

images
शनिबार, माघ २६ २०८१
images
images
मन्त्री दाहालद्वारा बीपी राजमार्ग निरीक्षण, क्षतिग्रस्त खण्डमा तुरुन्त पुनर्निर्माणको काम सुरु गर्न निर्देशन

शनिबार सो राजमार्गको निरीक्षण गरी उनले उक्त कार्यका लागि स्रोत अभाव हुन नदिने प्रतिबद्धता पनि जनाए।

images
images

धुलिखेल- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बीपी राजमार्गको क्षतिग्रस्त खण्डमा तुरन्त पुनर्निर्माणको काम सुरु गर्न निर्देशन दिएका छन्। वर्षायाममा यातायात अवरुद्ध हुन नदिने गरी काम सुरु गर्न उनको निर्देशन छ। 

images
images
images

शनिबार सो राजमार्गको निरीक्षण गरी उनले उक्त कार्यका लागि स्रोत अभाव हुन नदिने प्रतिबद्धता पनि जनाए। यो राजमार्ग देशको पूर्वी भागलाई संघीय राजधानीसँग जोड्ने लाइफलाइनसमेत भएकाले एकदिन पनि अवरुद्ध हुन नदिने गरी काम अघि बढाउन सडक विभागलाई उनले निर्देशन दिए।

images
images

अनुगमनमा नै रहेका मन्त्रालयका सचिव केशवकुमार शर्माले विभागको जनशक्ति र उपकरणसमेत तत्काल परिचालन गरेर काम सुरु गर्न निर्देशन दिए।

images
images
images

यस्तै सडक विभागका महानिर्देशक रामहरि पोखरेलले अल्पकालीन र दीर्घकालीन तयारीसहित मर्मत र पुनर्निर्माणको काम थालिने बताए।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेले नियमित रूपमा सडकको अवरोध हटाउने तथा तत्काल गर्नुपर्ने मर्मतको काम भइरहेको जानकारी गराए।

bp rajmarga.jpeg

मन्त्री दाहालसहितको टोलीले सूर्यविनायक-धुलिखेल सडकको समेत निरीक्षण गरी कामलाई तीव्रता दिन निर्देशन दिएको छ। त्यसक्रममा आयोजना प्रमुख राजेन्द्र दासले निर्माणलाई गति दिन नियमित अनुगमन र निगरानी भइरहेको बताए।

टोलीले बीपी राजमार्गको धुलिखेलदेखि नेपालथोकसम्मको निरीक्षण गरेको हो। अनुगमनमा सडक विभागका उपमहानिर्देशक अर्जुन अर्याल, सडक डिभिजन भक्तपुरका प्रमुख तथा प्राविधिकलगायतको सहभागिता रहेको थियो।


प्रकाशित : शनिबार, माघ २६ २०८११३:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend