शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

खानेपानीमन्त्रीको कार्यकक्षमा आगलागी हुँदा ५० लाख बराबरको क्षति

images
शनिबार, माघ २६ २०८१
images
images
खानेपानीमन्त्रीको कार्यकक्षमा आगलागी हुँदा ५० लाख बराबरको क्षति

मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार मन्त्रीको कार्यकक्षमा ४० देखि ५० लाख रूपैयाँ सम्मको क्षति भएको छ।

images
images

काठमाडौं- खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख रूपैयाँ बराबरको क्षति भएको छ।

images
images
images

खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन्।

images
images

उक्त मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार मन्त्रीको कार्यकक्षमा ४० देखि ५० लाख रूपैयाँ सम्मको क्षति भएको छ। यद्यपि क्षतिको वास्तविक विवरण प्राप्त भएको छैन। आगलागीको कारण पनि यकिन भएको छैन।

images
images
images

प्रहरीले अनुसन्धान गरिरहेको छ। आगलागीबाट मन्त्रालयका कागजातमा भने क्षति भएको छैन।

आगलागीबाट मन्त्री यादवको कार्यकक्षसहित तीनवटा कोठामा क्षति भएको छ।

खानेपानी मन्त्रालयको भवनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि छ। रासस


प्रकाशित : शनिबार, माघ २६ २०८११२:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend