शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

जलविद्युतको सेयरमार्फत विपन्न समुदायको जीवनस्तर उकास्नुपर्छ : ऊर्जामन्त्री खड्का

images
शनिबार, माघ २६ २०८१
images
images
जलविद्युतको सेयरमार्फत विपन्न समुदायको जीवनस्तर उकास्नुपर्छ : ऊर्जामन्त्री खड्का

'गरिब तथा विपन्न वर्गलाई समृद्ध बनाउन नसकेसम्म हामीले कल्पना गरेजस्तो समृद्ध नेपाल निर्माण हुन सक्दैन, उक्त वर्गलाई समृद्ध बनाउन दायित्व तपाईँ-हामी सबैको हो', ऊर्जामन्त्री दीपक खड्काले भने।

images
images

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युतको सेयरमार्फत गरिब तथा विपन्न नागरिकको जीवनस्तर उकास्न आवश्यक पर्ने सेयर लगानीका विषयमा सरोकारवाला निकायसँग छलफल गरेका छन्।

images
images
images

उनले जनताको जलविद्युत् कार्यक्रमको दोस्रो संशोधनमार्फत बिनाधितो गरिब तथा विपन्न वर्गलाई दुई लाख रूपैयाँदेखि पाँच लाख रूपैयाँसम्म सेयर दिनेबारे शुक्रबार अर्थ मन्त्रालय, बैंकिङ क्षेत्र र ऊर्जा उत्पादकसँग छलफल गरेका हुन्।

images
images

छलफलमा ऊर्जामन्त्री खड्काले दिनभर काम गरेर बिहान बेलुका छाक टार्न समस्या भएका नागरिकलाई लक्षित गरी सरकारले बिनाधितो सहुलियतपूर्ण व्याजदरमा सेयर पाउने व्यवस्था गर्न लागेकाले यसलाई कार्यान्वयन गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताए।

images
images
images

मन्त्री खड्काले भने, 'गरिब तथा विपन्न वर्गलाई समृद्ध बनाउन नसकेसम्म हामीले कल्पना गरेजस्तो समृद्ध नेपाल निर्माण हुन सक्दैन, उक्त वर्गलाई समृद्ध बनाउन दायित्व तपाईँ-हामी सबैको हो।' प्राकृतिक स्रोतमाथिको अधिकार सबैको भएकाले तल्लो वर्गको लागि सबैले सोच्नुपर्ने उनको भनाइ थियो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरीता दवाडीले जनताको जलविद्युत् कार्यक्रमलाई कार्यान्वयन गर्न सबैको भूमिका रहेको बताइन्। उनले यस कार्यक्रमलाई कार्यान्वयन गर्न अवरोध नीति, नियमलाई मन्त्रालयले परिमार्जन गर्दै अगाडि बढ्ने उल्लेख गरिन्।

मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले जलस्रोतमार्फत मुलुकको समृद्धिसँगै समाजवादको विकास गर्न सरकार लागेको बताए। उनले सरकारले ऊर्जा विकास मार्गचित्रको लक्ष्य लिएकाले यसलाई पूरा गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताए।

अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनालीले जलविद्युतको विकासमार्फत गरिब तथा विपन्न नागरिकको जीवनस्तर उकास्न ऊर्जा मन्त्रालयले लिएको लक्ष्य राम्रो भएको बताए। गरिबीको रेखामुनी रहेका जनतालाई विकासको बाटो लैजान यस्तो कार्यक्रमले सहयोग पुग्ने उनको भनाइ थियो।

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) नेपालका अध्यक्ष गणेश कार्कीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत जलविद्युत् क्षेत्रमा थुप्रै नागरिकले लगानी गर्ने वातावरण निर्माण भएको बताउँदै उक्त कार्यक्रमलाई कार्यान्वयन गर्न निजी क्षेत्र तयार रहेको बताए।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्ररमण खनाल, नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिलकराज पाण्डेय, कृषि विकास बैंकका निमित्त सीईओ, प्रताप सुवेदी, नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालालगायतले गरिव तथा विपन्न वर्गलाई धनी बनाउनेगरी ल्याइएको उक्त कार्यक्रमलाई कार्यविधि बनाएर लागु गर्नुपर्ने बताएका थिए।

सरकारले ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को सेयरधनी’ भन्ने नाराका साथ जनताको जलविद्युत् कार्यक्रम सञ्चालनमा ल्याएको थियो। छलफल कार्यक्रममा मन्त्रालयका सहसचिव सन्दिप देवले जनताको जलविद्युत् कार्यक्रमको बारेमा जानकारी गराएका थिए। रासस


प्रकाशित : शनिबार, माघ २६ २०८११२:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend