शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

८ करोड रूपैयाँको लगानीमा परासीमा च्याउ उद्योग सञ्चालनमा

images
शनिबार, माघ २६ २०८१
images
images
८ करोड रूपैयाँको लगानीमा परासीमा च्याउ उद्योग सञ्चालनमा
फाइल तस्बिर

कुल ८ करोड रूपैयाँको लगानीमा स्थापना गरिएको सो उद्योगले मासिक २० टन डल्ले च्याउ उत्पादन गर्ने जनाइएको छ।

images
images

नवलपरासी- पश्चिम नवलपरासीको परासीमा संयुक्त लगानीमा च्याउ उद्योग सञ्चालनमा आएको छ। कुल आठ करोड रूपैयाँको लगानीमा स्थापना गरिएको सो उद्योगले मासिक २० टन डल्ले च्याउ उत्पादन गर्ने जनाइएको छ।

images
images
images

रामग्राम नगरपालिका-६ पोखरापालीमा स्थापित सो उद्योगलाई युवा व्यवसायी कमल कसौधन, लवकुश वर्मा र सुनिल बर्माको टिमले उद्योग सञ्चालनमा ल्याएका  हुन्। रामग्राम नगरपालिका-६ जौरहीमाई पार्कको उत्तरपट्टि करिब १६ कठ्ठा क्षेत्रफलमा उद्योग सञ्चालन गरिएको सञ्चालक कसौधनले बताए।

images
images

बाह्रै महिना नै उत्पादन गर्न सकिने कुल २० टनसम्म मासिक उत्पादन हुने डल्ले च्याउको स्वदेश र विदेशसमेतमा उच्च माग रहेको सञ्चालकले बताएका छन्। पछिल्लो समय परासी आसपासको क्षेत्र औद्योगिक करिडोर पनि बन्दै हो।

images
images
images

नवलपरासीको सदरमुकाम परासीमा साना, मझौला र ठूला उद्योग खुल्ने क्रम जारी रहेका छन्। रासस


प्रकाशित : शनिबार, माघ २६ २०८१११:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend