काठमाडौं- काठमाडौंको सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ।
सिंहदरबार प्रहरीका अनुसार खानेपानी मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८:३५ बजे आगलागी भएको हो। उक्त तलामा खानेपानीमन्त्रीको कार्यकक्ष समेत रहेको थियो।
सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको जानकारी दिए। उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ।
आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन। तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण समेत आइसकेको छैन। रासस