सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

घुस लिएको आरोपमा सुनिल पौडेलविरुद्ध भ्रष्टाचारको मुद्दा

images
बिहीबार , माघ २४ २०८१
images
घुस लिएको आरोपमा सुनिल पौडेलविरुद्ध भ्रष्टाचारको मुद्दा

त्यसरी ठेक्का पाएको लाभबाट दिपक आनन्नदले पौडेललाई ३ करोड बढी घुस दिएको अख्तियारको अनुसन्धानबाट पाइएको छ।

images
images

काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा दायर गरेको छ। नेपाल टेलिकमका निवर्तमान प्रबन्ध निर्देशक पौडेल सुचना प्रविधि केन्द्रमा हुँदा मिलेमतोमा ठेक्का दिएको र सो बापत घुस लिएको प्रमाण भ‍ेटिएपछि अख्तियारले पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

images
images
images

३ करोड ८ लाख घुस पौडेलले लिएको र यसमा घुसको लेनदेन अमेरिकन कम्पनी एफफाइभका प्रतिनिधि  भारतीय नागरिक दिपक आनन्दसँग गरेको पाइएपछि दुई जनालाई विपक्षी बनाएर अख्तियारले मुद्दा दायर गरेको छ। सूचना प्रविधि केन्द्रको नेटर्क उपकरण जडान तथा सञ्चालनका लागि टेन्डर दस्तावेज नै मिलेमतोमा बनाइ घुस लिएको पाइएको हो। 

images
images

‍नेपालमा एस्ट्रल कम्प्युटर नेपाल कम्पनी बनाइ एकमात्र योग्य बिडर बनाइ १ प्रतिशत न्यून रकम कबोल गराएर ठेक्का दिइएको थियो। त्यसरी ठेक्का पाएको लाभबाट दिपक आनन्नदले पौडेललाई ३ करोड बढी घुस दिएको अख्तियारको अनुसन्धानबाट पाइएको छ। 

images
images

 


प्रकाशित : बिहीबार , माघ २४ २०८११७:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend