शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

कोशी प्रदेशको ऊर्जा र सिँचाइको विकासका लागि सांसदसँग ऊर्जामन्त्रीको छलफल

images
बिहीबार , माघ २४ २०८१
images
images
कोशी प्रदेशको ऊर्जा र सिँचाइको विकासका लागि सांसदसँग ऊर्जामन्त्रीको छलफल

उत्पादित विद्युतको बजार सुनिश्चित भएकाले यस क्षेत्रमा लगानी सुनिश्चित रहेको ऊर्जामन्त्री दीपक खड्कको भनाइ छ।

images
images

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ठूला जलविद्युत आयोजनालाई चाँडो अगाडि बढाउने गरी सरकारले काम गरिरहेको बताएका छन्।

images
images
images

कोशी प्रदेशबाट प्रतिनिधिसभा तथा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरुसँगको कोशी प्रदेशको ऊर्जा र सिँचाइ क्षेत्रको विकासका लागि बुधबार मन्त्रालयमा आयोजित छलफलमा उनले सरकारले राखेको ऊर्जा विकास मार्गचित्रको लक्ष्य पूरा गर्न सरकारले ठूला जलविद्युत आयोजनालाई चाँडो अगाडि बढाउने गरी काम गरिरहेको बताएका हुन्। 

images
images

'सरकारले आगामी दश वर्षभित्र २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ, उक्त लक्ष्यलाई पुरा गर्न सरकारलाई सांसदहरुको महत्वपूर्ण सहयोगको खाँचो छ,' मन्त्री खड्काले भने। उनले उत्पादित विद्युतको बजार सुनिश्चित भएकाले यस क्षेत्रमा लगानी सुनिश्चित रहेको उल्लेख गरे।

images
images
images

ऊर्जामन्त्री खड्काले कतिपय आयोजनामा सरकारले लामो समयदेखि लगानी गरेपनि प्रतिफल शून्य रहेको बताउँदै अब त्यस्तो हुन नदिन सरकारले चाँडो आयोजना अगाडि बढाउने बताए। लामो समयदेखि अल्झेर बसेका आयोजनालाई सरकारले चाँडो अगाडि बढाउन खोजेको मन्त्री खड्काको भनाइ थियो। 

पूर्वमन्त्री योगेश भट्टराईले ऊर्जा र पर्यटनमार्फत कोशी प्रदेशको विकास सम्भव भएको बताए। उनले विद्युत आयोजनाको प्रतिफल स्थानीय जनताले पाउनेगरी योजना बनाउनुपर्ने उल्लेख गरे। कोशी प्रदेशको आर्थिक विकासका लागि तमोर जलाशययुक्त आयोजनालाई लगानी जुटाएर अगाडि बढाउनुपर्ने धारणा उनले राखे।

नेता भट्टराईले पाथीभरा मन्दिर सबैको साझा भएकाले यसलाई विवादमा ल्याउनु उपयुक्त नहुने बताए। पाथीभरामा केबलकार निर्माण भए यहाँको आर्थिक विकासमा टेवा पुग्ने उनको भनाइ थियो। 

पूर्वमन्त्री सीता गुरुङले ऊर्जा क्षेत्रमार्फत मुलुकको आर्थिक विकास गर्नका लागि सरकारले ल्याएको ऊर्जा विकास मार्गचित्रलाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने बताइन्। उनले आयोजनालाई प्राथमिकताका आधारमा अगाडि बढाउनुपर्ने उल्लेख गरिन्। 

पूर्वमन्त्री अमललाल मोदीले सुनसरी मोरङ सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाएर अगाडि बढाउनुपर्ने बताए। उनले बर्सातको समयमा तराई क्षेत्रमा बाढी आउने भएकाले यसको दिगो समाधान खोज्नुपर्ने उल्लेख गरे।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सरकारले ऊर्जा र सिँचाइका आयोजनालाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए। ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले ऊर्जा विकास मार्गचित्रलाई पूरा गर्न जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहेको बताए।

छलफलमा प्रतिनिधिसभा सदस्य रामकुमार राई, सुहाङ नेम्वाङ, महेश बस्नेत, अम्बरबहादुर रायमाझी, राजेन्द्र राई, उर्मिला थेवे, हर्कमाया विक, राष्ट्रिय सभा सदस्य रुक्मिणी कोइरालालगायतले जनतालाई अनुभूति हुने खालका ऊर्जा र सिँचाइका कामलाई अगाडि बढाउन सरकारलाई आग्रह गरेका थिए।

मन्त्री खड्काले निरन्तर अन्य प्रदेशका सांसदहरुसँग पनि ऊर्जा र सिँचाइ क्षेत्रको विकासका लागि छलफल गर्ने कार्यक्रम रहेको छ। 


प्रकाशित : बिहीबार , माघ २४ २०८१११:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend