शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

अज्ञात रोगका कारण सुक्नथाले केराको बोट, उत्पादन र आम्दानी घट्ने चिन्ता

images
बिहीबार , माघ २४ २०८१
images
images
अज्ञात रोगका कारण सुक्नथाले केराको बोट, उत्पादन र आम्दानी घट्ने चिन्ता

म्याग्दीको बेनी नगरपालिका, रघुगंगा र मंगला गाउँपालिकाका विभिन्न गाउँका केराबारीमा रोग लागेको हो।

images
images

म्याग्दी- रोगले केराको बोट सुक्न थालेपछि म्याग्दीमा केराखेती गरिरहेका किसान चिन्तित भएका छन्। जिल्लाको बेनी नगरपालिका, रघुगंगा र मंगला गाउँपालिकाका विभिन्न गाउँका केराबारीमा रोग लागेको हो।

images
images
images

पसाउने बेलाको हजारी केराका बोट नै सुक्न थालेका मंगला गाउँपालिका-३ का किसान टेकबहादुर खड्काले भने, 'के भएर यस्तो भएको हो पत्ता लाउनै सकिएको छैन, खडेरीले खाएको जस्तो बोट सुकेका छन्, गुबो झरेको छ,कोसा पसाएको छैन।' उनले चार रोपनीमा केराखेती गरेका छन्।

images
images

त्यसैगरी, विगत पाँच वर्षदेखि केराखेती गर्दै आएका बेनी नगरपालिका-२ बगरफाँटका खिमबहादुर कार्कीले पनि केरामा नयाँ किसिमको रोग देखिएको बताए।

images
images
images

'६ वर्षदेखि केराखेती गरिरहेको छु, अहिलेको जस्तो बोट नै सुकेको मैले देखेको थिइनँ', उनले भने। कृषि प्राविधिकहरुले पनि रोग पहिचान गर्न नसकेको उनले बताए।

जिल्लाका खबरा, बगरफाँट, राखु, अर्मन, पीपलबोटलगायतका ठाउँका कृषकले केरा खेतीबाट राम्रो आम्दानी गर्दै आएकोमा अहिले केराको बोटै सुक्ने रोग देखिएपछि आम्दानी घट्ने भएको छ।

विगत १४ वर्षदेखि केराखेती गर्दै आएका बेनी नगरपालिका-२ खबराका चन्द्रबहादुर कार्कीले केराखेतीमा उत्पन्न समस्याले यो वर्ष आफ्नो घरव्यवहार चलाउन अति कठिन हुने दुखेसो गरे। रासस


प्रकाशित : बिहीबार , माघ २४ २०८११०:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend