बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ६ महिनामा चार अर्ब राजस्व संकलन

images
बुधबार, माघ २३ २०८१
images
images
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ६ महिनामा चार अर्ब राजस्व संकलन

कार्यालयले चालु आवको ६ महिनाकै अवधिमा अन्तःशुल्क अन्य औद्योगिक उत्पादनतर्फ भने ३१ करोड ९० लाख रूपैयाँ राजस्व संकलन गरेको छ।

images
images

वीरगञ्ज- आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा चार अर्ब २० करोड ६९ लाख ५६ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

images
images
images

कार्यालयले गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने एक अर्ब चार करोड ३७ लाख बढी राजस्व संकलन गरेको हो।

images
images

आन्तरिक राजस्व कार्यालय वीरगञ्जका कार्यालय प्रमुख टिकाराज चौलागाईँले गत आवको तुलनामा चालु आवमा राजस्व संकलन उत्साहजनक रहेको जानकारी दिए। 'चालु आवको ६ महिनाको अवधिमा अन्तःशुल्क मदिरातर्फको राजस्व संकलनमा वृद्धि भएको छ,' उनले भने।

images
images
images

कार्यालयले चालु आवको ६ महिनाको अवधिमा अन्तःशुल्क मदिरातर्फ एक अर्ब ४६ करोड ७३ लाख राजस्व संकलन गरेको छ। जबकी गत आवको सोही अवधिमा भने अन्तः शुल्क मदिरातर्फ भने ९२ करोड ८७ लाख राजस्व संकलन गरेको थियो।

कार्यालयले चालु आवको ६ महिनाकै अवधिमा अन्तःशुल्क अन्य औद्योगिक उत्पादनतर्फ भने ३१ करोड ९० लाख रूपैयाँ राजस्व संकलन गरेको छ।

गत आवको सोही अवधिमा भने १८ करोड ७३ लाख रकम अन्तःशुल्क अन्य औद्योगिकतर्फ राजस्व संकलन गरेको थियो।

कार्यालयले चालु आवमा आयकर प्राइभेट लिमिटेडतर्फ भने २३ करोड ३६ लाख रूपैयाँ राजस्व संकलन गरेको छ। जबकी गत आवको सोही अवधिमा भने १६ करोड ९८ लाख रूपैयाँ राजस्व संकलन गरेको थियो।

चालु आवको ६ महिनाको अवधिमा आयकर व्यक्तिगत वा एकलौटी तर्फबाट ८७ करोड ६४ लाख राजस्व संकलन गर्‍यो भने गत आवको सोही अवधिमा भने ४७ करोड १२ लाख ५५ हजार राजस्व संकलन गरेको थियो। रासस


प्रकाशित : बुधबार, माघ २३ २०८११५:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend