बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

पाथिभरा केबलकार निर्माण विवाद : सरकार र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति

images
बुधबार, माघ २३ २०८१
images
images
पाथिभरा केबलकार निर्माण विवाद : सरकार र आन्दोलनरत पक्षबीच  ६ बुँदे सहमति
images
images

काठमाडौं- ताप्लेजुङस्थित मुक्कुम्लुङ पाथीभरामा निर्माणलाई लिएर भएको विवादमा ६ बुँदे सहमति भएको छ। वार्ताबाट समाधान नभएसम्मका लागि निर्माणकर्ताले तत्कालका लागि निर्माण स्थगन गर्ने र आन्दोलनकारीले बन्द लगायत विरोधका कार्यक्रम पनि फिर्ता लिने सहमती भएको छ।

images
images
images

गृह मन्त्रालयद्वारा गठित वार्ता समितिका संयोजक (गृह मन्त्रालयका सहसचिव) प्रेमप्रसाद भट्टराई र आन्दोलनरत समूहद्वारा गठित वार्ता समन्वय समिति संयोजक अम्बर तुम्याहाङ नेतृत्वको समितिले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। सहमतिसँगै गत माघ १५ गतेदेखि भएको यातायात बन्द फिर्ता भएको छ। 

images
images

यस्तो छ सहमति 

images
images
images

१. पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा मिति २०८१ माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने ।

२. सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने ।

३. २०८१ माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने ।

४. आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने ।

५. मुक्कुमलुङ संरक्षक पक्षवाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने ।

६. मुक्कुमलुङ संरक्षक पक्षधरहरुबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार

आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न मिति २०८१ माघ २७ गते बिहान ११:०० बजे वार्तामा बस्ने ।


प्रकाशित : बुधबार, माघ २३ २०८१०७:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend