शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

पाथीभरा केबलकार विवाद : आज पनि सरकारी र आन्दोलनरत पक्षबीच वार्ता हुने

images
मंगलबार, माघ २२ २०८१
images
images
पाथीभरा केबलकार विवाद : आज पनि सरकारी र आन्दोलनरत पक्षबीच वार्ता हुने

सरकारद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच सोमबार साँझ ललितपुरमा भएको वार्ता सकारात्मक भए पनि निष्कर्षमा पुग्न सकेको थिएन।

images
images

काठमाडौं- ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि आज पनि वार्ता हुने भएको छ। सोमबार भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि आज पुनः दुवै पक्षबीच वार्ता हुने भएको हो। सोमबारको वार्ता सकारात्मक रूपमा टुंगिएको दुवै पक्षले जनाएका छन्। 

images
images
images

सरकारद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच सोमबार साँझ ललितपुरमा भएको वार्ता सकारात्मक भए पनि निष्कर्षमा पुग्न सकेको थिएन। 

images
images

आज बिहान ११ बजे पुनःवार्ता बस्ने गरी वार्ता स्थगित गरिएको थियो। वार्तामा आन्दोलनरत पक्षबाट केबलकार निर्माण स्थगितको पक्षमा आवाज उठाउँदा पक्राउ परेकालाई रिहा गर्नुपर्नेलगायत माग गरेका छन्। 

images
images
images

सरकारले वार्ता समिति गठन गरेसँगै पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा उत्रिएको समूह वार्ताका लागि तयार भएको थियो। गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा आइतबार वार्ता समिति गठन गरेपछि आन्दोलनरत पक्षले पनि वार्ता सहजीकरणका लागि समिति गठन गरेको हो।

आन्दोलनरत पक्षका तर्फबाट प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिंगक (सरु) सदस्य रहेको वार्ता सहजीकरण समिति गठन गरिएको थियो। 

कोशी प्रदेशको प्रमुख धार्मिक पर्यटकीय क्षेत्र ताप्लेजुङको पाथीभरामा निर्माण सुरू हुन लागेको केबलकार परियोजनामा विवाद उत्पन्न भएको छ। लगानीका लागि सबै प्रक्रिया पूरा गरेर लगानी भइसकेपछि स्थानीय स्तरबाट अवरोध सिर्जना गर्ने काम भएको हो। 

सबै अनुमति दिएर लगानीसमेत भएपछि स्थानीय अवरोधले गर्दा यो केबलकार परियोजनामा राजनीतिक र सामाजिक रंग दिएर आन्दोलन भइरहेको छ। समुन्द्र सतहबाट ३७९४ मिटरको उचाइमा रहेको पाथीभरासम्म पुग्ने केबलकार बनाउनका लागि देशका विभिन्न स्थानमा केबलकार निर्माण तथा सञ्चालनको अनुभव भएको आईएमई समूहले हात हालेको छ। 

आइएमई ग्रुपअन्तर्गत पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिले केबलकार निर्माणका लागि शिलान्यास गरेपछि विवाद चुलिएको हो। स्थानीय जनप्रतिनिधि तथा पाथीभरा क्षेत्र विकास कोषकै नेतृत्वसमेत सहयोगी बनिरहँदा केही स्थानीय भने यसको विरोधमा उत्रिएका छन्।


प्रकाशित : मंगलबार, माघ २२ २०८१०८:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend