शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

स्थानीय उत्पादनलाई बजारीकरण तथा प्रवर्द्धन गर्दै रामपुर नगरपालिका

images
सोमबार, माघ २१ २०८१
images
images
स्थानीय उत्पादनलाई बजारीकरण तथा प्रवर्द्धन गर्दै रामपुर नगरपालिका

नगरपालिकाको सहयोगमा उद्यमी तथा व्यवसायी बन्न चाहनेले भने नगरपालिकामा आफ्नो उद्योग, व्यवसाय दर्ता गर्नुपर्ने हुन्छ।

images
images

पाल्पा- रामपुर नगरपालिकाले आत्मनिर्भर बनाउनका लागि ज्ञान, सीप सिकाउने मात्र नभइ उत्पादित सामग्रीलाई पनि बजारीकरण तथा प्रवर्द्धनमा सघाइरहेको छ। नगरभित्रका महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई यहाँ चलेको रामपुर मेलामा नगरपालिकाले बिक्री-वितरण तथा प्रवर्द्धन कार्य गरिरहेको छ।

images
images
images

नगरपालिकाले बिक्रीकक्ष तयार पारेर मेलामा स्थानीय उत्पादनका विभिन्न सामग्रीलाई राख्ने व्यवस्था मिलाएको छ। रामपुर उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको चौथो रामपुर महोत्सव तथा व्यापार मेलाका अवसरमा बिक्री कक्षमा राखिएका स्थानीय सामग्री अवलोकनकर्ताको आकर्षण बनिरहेको छ।

images
images

मेला अवलोकन गर्न आउनेले स्थानीय उत्पादन भएकाले आकर्षक मान्दै जानकारी लिने र सामान खरिद गर्ने गरेको नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारले बताइन्।

images
images
images

'नगरपालिकाभित्र महिलाले उत्पादन गरेका सामग्रीको प्रचार-प्रसार गर्न, बजारीकरणमा सहयोग होस् भन्ने उद्देश्यले बिक्रीकक्षमा राखेका छौँ', उनले भनिन्, 'बिक्री कक्षमा कर्मचारी तथा उद्यमी पालो मिलाएर बस्ने गरिएको छ, यसले महिला उद्यमीमा एउटा उत्साह थपिएको छभने रामपुरको उत्पादन यहाँ आउने दर्शकले अवलोकन, खरिद गर्ने गर्नुभएको छ।' 

बिक्रीकक्षमा कफी, साबुन (नुहाउने, लुगाधुने, भाँडा सफा गर्ने), आलुचिप्स, रोटी, दुनाटपरी, फिनेल, ह्यान्डवास, पिताम्बरी, मकैको खोस्टा र थाकलको पातबाट तयार पारिएका टोपी, झोलालगायत स्थानीय सामग्री प्रदर्शनी कक्षमा राखिएको नगरपालिकाका कर्मचारी सञ्जु परियारले बताइन्।

उनका अनुसार मकैको खोस्टा र थाकलको पातबाट बनेका सामान नौलो भएकाले मेलामा आउने दर्शक तथा अतिथि, कलाकारले अवलोकन गर्ने, बुझ्ने गरेका छन्। न्यूनतम ५० रूपैयाँदेखि बढीमा एक हजार ५ सय रूपैयाँसम्म मूल्य पर्ने सामग्री प्रदर्शनीकक्षमा छन्।

स्थानीय तहमा जनप्रतिनिधिको नेतृत्व आइसकेपछि नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम आयोजना गरी उद्यमी उत्पादन गरेको छ। नगरपालिकाको सहयोगमा ज्ञान सीप सिकेर विभिन्न व्यवसाय तथा उद्योग सञ्चालन गरिरहेका छन्।

महिलालाई सीप सिकाएर उद्यमीका रुपमा विकास गरिनुपर्छ भन्ने हिसाबले विभिन्न तालिम तथा कार्यक्रममा जोड दिने गरेको नगर उपप्रमुख बालकुमारी थापा बताउँछिन्। स्थानीय उत्पादनलाई बजारीकरणका लागि नगरपालिकाले उपप्रमुख कोसेली घर सञ्चालनमा ल्याएको उपप्रमुख थापा बताउँछिन्।

एकल वा संयुक्त तथा समूहमा व्यवसाय गर्न चाहने महिलालाई सूचना जारी गरी हरेक वर्ष उद्यमी उत्पादन गर्ने खालका विभिन्न कार्यक्रममा सहभागी गराइने गरिएको छ। तालिमपश्चात् व्यवसाय, उद्योग चलाउनका लागि नगरपालिकाले आर्थिक तथा विभिन्न उपकरणजन्य सामग्री सहयोग गरिरहेको छ।

नगरपालिकाको सहयोगमा उद्यमी तथा व्यवसायी बन्न चाहनेले भने नगरपालिकामा आफ्नो उद्योग, व्यवसाय दर्ता गर्नुपर्ने हुन्छ। रासस


प्रकाशित : सोमबार, माघ २१ २०८११२:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend