शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ २१ २०८१
images
images
वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड

अघिल्लो वर्ष वैदेशिक अध्ययनका लागि ५८ अर्ब ९५ करोड बराबरको रकम विदेशिएको थियो।

images
images

काठमाडौं- वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले करिब ५६ अर्ब ८३ करोड रुपैयाँ बराबर खर्च गरेका छन्। 

images
images
images

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा दुई अर्ब बढीले कमी आए पनि शिक्षाको नाममा विदेशिने रकम बढ्दो क्रममा रहेको छ।

images
images

अघिल्लो वर्ष वैदेशिक अध्ययनका लागि ५८ अर्ब ९५ करोड बराबरको रकम विदेशिएको थियो। समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय नौ दशमलव सात प्रतिशतले वृद्धि भइ एक खर्ब एक अर्ब ९२ करोड पुगेको छ। गत वर्ष छ महिनाको अवधिमा भ्रमण व्यय ९२ अर्ब ८७ करोड रुपैयाँ बराबर थियो।

images
images
images

समीक्षा अवधिमा खुद सेवा आय ४३ अर्ब ५३ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३५ अर्ब ४३ करोड रुपैयाँले घाटामा रहेको थियो। 

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय पाँच दशमलव एक प्रतिशतले वृद्धि भइ ४१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३९ अर्ब ८२ करोड रुपैयाँ रहेको थियो। 


प्रकाशित : सोमबार, माघ २१ २०८११०:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend