आइतबार, माघ २० गते २०८१    
आइतबार, माघ २० २०८१
images
images

उखुबारीमा आगलागी हुँदा तीन लाखभन्दा बढीको क्षति

images
आइतबार, माघ २० २०८१
images
images
उखुबारीमा आगलागी हुँदा तीन लाखभन्दा बढीको क्षति
फाइल तस्बिर

उखुबारीमा आगलागी भएको जानकारी पाएपछि स्थानीय बासिन्दाले आगो निभाएका थिए। अन्य किसानको उखु भने आगलागी हुनबाट जोगिएको छ।

images
images

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-१२ का बमनुराम रानाको उखुबारीमा आगलागी हुँदा तीन लाख रूपैयाँभन्दा बढीको क्षति भएको छ।

images
images
images

दश कट्ठा जग्गामा लगाइएको उखु जलेर नष्ट भएको छ। छिमेकी मोतिराम रानाले नजिकै रहेको आफ्नो बारीमा रहेका उखुका पात जलाउने क्रममा हिजो साँझ बमनुको बारीमा आगलागी भएको शुक्लाफाँटा-१२ वडाध्यक्ष नवलसिंह रानाले बताए।

images

'हावा चलिरहेका बेला उखुका पात जलाउँदा उखुबारीमा आगो सल्केर पूरै बारीको उखु जलेको छ', उनले भने, 'झण्डै पाँच सय क्विन्टल काट्नका लागि ठिक्क भएका उखु जलेका छन्', पीडित बमनुले समूहबाट कर्जा लिएर रोपेको पूरै उखु जलेर सखाप भएको बताए।

images
images
images

'उखु काट्नका लागि मिलबाट अनुमति लिएर आएको थिएँ', उनले भने, 'दुई दिनभित्र काट्ने तरखरमा लागेका थियौँ, आगलागी हुँदा नोक्सानी व्यहोर्नुपरेको छ।'

उखुबारीमा आगलागी भएको जानकारी पाएपछि स्थानीय बासिन्दाले आगो निभाएका थिए। अन्य किसानको उखु भने आगलागी हुनबाट जोगिएको छ। रासस


प्रकाशित : आइतबार, माघ २० २०८१११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend