शनिबार, माघ १९ गते २०८१    
शनिबार, माघ १९ २०८१
images
images

क्रिप्टो करेन्सीको संगठित कारोबारी तथा अनलाइन ठगीमा संलग्न ७ जना पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ १८ २०८१
images
images
क्रिप्टो करेन्सीको संगठित कारोबारी तथा अनलाइन ठगीमा संलग्न ७ जना पक्राउ

प्रहरीले उनीहरूका साथबाट सुपर कम्प्युटर दुई थान, मोबाइल १३ थान, विभिन्न व्यक्तिका नाममा जारी बैंकका चेक १९ थान र नगद पाँच लाख ५० हजार रुपैयाँ बरामद गरेको छ।

images
images

काठमाडौं- केन्द्रीय अनुसन्धान ब्यूरोले अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को संगठित कारोबारी तथा अनलाइन ठगीमा संलग्न सात जनालाई पक्राउ गरेको छ। 

images
images
images

पक्राउ पर्नेमा कैलालीको वर्दगोरिया गाउँपालिका-६ का २२ वर्षीय माइकल डङ्गौरा, २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-८ का २१ वर्षीय पियुस श्रेष्ठ, दोलखाको भीमेश्वर नगरपालिका-४ का १९ वर्षीय आश्विन चौलागाई र रौतहटको गौर नगरपालिका-९ का २२ वर्षीय सत्यमकुमार सहनी तथा भारतीय नागरिक २७ वर्षीय रोशन कुमार र ३६ वर्षीय मुन्ना कुमार रहेका छन्।

images

प्रहरीले उनीहरूका साथबाट सुपर कम्प्युटर दुई थान, मोबाइल १३ थान, विभिन्न व्यक्तिका नाममा जारी बैंकका चेक १९ थान र नगद पाँच लाख ५० हजार रुपैयाँ बरामद गरेको छ।

images
images
images

विभिन्न व्यक्तिहरूलाई संगठित रूपमा परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोबार गरेको आरोपमा व्यूरोको टोलीले उनीहरूलाई पक्राउ गरिएको व्यूरोका प्रवक्ता सुधिरराज शाहीले जानकारी दिए। 

उनीहरूले विभिन्न बैंक तथा डिजिटल वालेटका प्रयोगकर्तालाई झुक्याई बैंक तथा वालेटको आधिकारिक व्यक्ति भनि निजको ओटिपी लिएर बैंक तथा वालेटमा पुहँच पुर्‍याइ रकम ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

ठगी गरेका रकम थोरै समयमै विभिन्न व्यक्तिहरूको बैंक तथा वालेजमा ट्रान्सफर गर्ने, विभिन्न सामाजिक सञ्जालमा अनलाइन रोजगारी, घरमै बसेर धेरै कमाउन सकिने भन्ने आकर्षक विज्ञापन एवं अन्य माध्यमबाट प्रलोभनमा पारी विभिन्न वालेट खाता खोल्न लगाइ उक्त खाता आफूले प्रयोग गर्ने र त्यसबापट केही रकम दिने गरेको प्रहरीले जनाएको छ। 


प्रकाशित : शुक्रबार, माघ १८ २०८११८:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend