शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

सर्लाही ईश्वरपुरको प्लास्टिक उद्योगमा आगलागी, चार करोड रुपैयाँभन्दा बढी क्षति भएको अनुमान

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ १८ २०८१
images
images
सर्लाही ईश्वरपुरको प्लास्टिक उद्योगमा आगलागी, चार करोड रुपैयाँभन्दा बढी क्षति भएको अनुमान

आगलागीबाट उद्योगमा रहेको सम्पूर्ण उपकरण, तयारी सामग्री, कच्चापदार्थलगायत सामान नष्ट हुँदा रु सात करोड पचास लाख बढीको क्षति पुगेको उद्योग सञ्चालक साहले दाबी गरे।

images
images

सर्लाही- सर्लाहीको ईश्वरपुरमा प्लास्टिक उद्योगमा आगलागी भएको छ। आज शुक्रबार बिहान भएको आगलागीबाट ईश्वरपुर नगरपालिका-७, ब्रह्मस्थानमा रहेको हिमालयन पोली नेपाल नामको प्लास्टिक झोला उद्योग नष्ट भएको हो। 

images
images
images

विद्युत् ‘सर्ट’ भएर राति एक्कासि लागेको आगोले उद्योग रहेको नेत्रबहादुर कार्कीको घर पूर्ण रूपमा नष्ट भएको छभने छिमेकी नवलकिशोर साहको घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

images
images

चन्द्रनगर गाउँपालिका-४, पोखरिया टोल निवासी रामछविला साहले कार्कीको घर भाडामा लिएर उद्योग सञ्चालन गरेका थिए। आगलागीबाट उद्योगमा रहेको सम्पूर्ण उपकरण, तयारी सामग्री, कच्चापदार्थलगायत सामान नष्ट हुँदा रु सात करोड पचास लाख बढीको क्षति पुगेको उद्योग सञ्चालक साहले दाबी गरे। 

images
images
images

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, हरिवन र मलङ्गवा नगरपालिकाबाट पुगेको वारुणयन्त्रको सहयोगमा साढे २ घण्टापछि आगो नियन्त्रणमा आएको थियो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए।

आगलागीबाट अनुमानित चार करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरको अनुमान रहे पनि क्षति र घटनास्थलको मुचुल्का संकलनको काम भइरहेकाले क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनले जानकारी दिए। रासस 


प्रकाशित : शुक्रबार, माघ १८ २०८११३:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend