शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

आत्मनिर्भर बनाउन बाजुराका विद्यार्थीलाई राडीपाखी बुनाइ तालिम

images
बिहीबार , माघ १७ २०८१
images
images
आत्मनिर्भर बनाउन बाजुराका विद्यार्थीलाई राडीपाखी बुनाइ तालिम

तालिम प्रारम्भ गर्दै नगरप्रमुख अमरबहादुर खड्काले विद्यार्थीलाई आत्मनिर्भर बनाउन तालिमको व्यवस्था गरिएको बताए।

images
images

बाजुरा- जिल्लाको बडीमालिका नगरपालिकाले बुधबारदेखि मालिका नमूना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई राडीपाखी बुनाइ तालिम सञ्चालन गरेको छ। 

images
images
images

तालिम प्रारम्भ गर्दै नगरप्रमुख अमरबहादुर खड्काले विद्यार्थीलाई आत्मनिर्भर बनाउन तालिमको व्यवस्था गरिएको बताए।

images
images

उनले रैथाने सीपको सदुपयोग गर्दै पालिकामा बेरोजगार रहेका युवा र विद्यालयमा पढ्दै गरेका विद्यार्थीलाई आत्मनिर्भर बनाउने गरी तालिम सञ्चालन गरिएको बताए। विद्यार्थीलाई सीप सिकाउने र व्यावसायिक बनाउन तालिम आयोजना गरिएको उनको भनाइ थियो।

images
images
images

पालिका उपप्रमुख नन्दाकुमारी थापाले सिकेको सीप अध्ययन पूरा भएपछि व्यवहारमा उतार्न तथा आर्थिक रुपमा आत्मनिर्भर हुन तालिमेहरुलाई आग्रह गरिन्।

बडीमालिका नगरपालिकाको आयोजना, मालिका मावि र नेपाल भोटे जनजाति महासंघ बाजुराको समन्वय तथा आइ ल्याब काठमाडौंको प्राविधिक सहयोगमा सञ्चालित तालिममा १२ जना सहभागी छन्। रासस


प्रकाशित : बिहीबार , माघ १७ २०८१११:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend