मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

फ्रान्ससम्म पुग्छ इलामको धूपी, पाती र मेन्थाको तेल

images
बिहीबार , माघ १७ २०८१
images
फ्रान्ससम्म पुग्छ इलामको धूपी, पाती र मेन्थाको तेल

दहालले १३ वर्षअघि स्थापना गरेको यस उद्योगबाट गत वर्षदेखि तेललगायत स्थानीय जडीबुटी विदेश निर्यात हुन थालेको बताउँछन । उनले विशेषगरी फ्रान्समा यहाँबाट उत्पादित वस्तु जाने गरेको जानकारी दिए।

images
images

काठमाडौं- इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात हुने गरेको छ। माईजोगमाई गाउँपालिकास्थित नित्यराज दहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो। 

images
images
images

दहालले १३ वर्षअघि स्थापना गरेको यस उद्योगबाट गत वर्षदेखि तेललगायत स्थानीय जडीबुटी विदेश निर्यात हुन थालेको बताउँछन । उनले विशेषगरी फ्रान्समा यहाँबाट उत्पादित वस्तु जाने गरेको जानकारी दिए। 

images
images

'हाम्रो उद्योगमा गाउँमा नै पाइने पाती, धूपी, मेन्था, धसिङ्गरेलगायत स्थानीय जडिबुटीबाट तेल निकालिन्छ। त्यसमध्ये हाल पाती, मेन्था र धूपीबाट प्रशोधित तेल विदेश निर्यात हुन थालेको हो', दहालले भने, 'निकट दिनमा जेरेनियम, जंगली सयपत्री, रोजमेरीलगायतबाट पनि तेल उत्पादन गर्ने तयारी भइरहेको छ। विदेशीले नेपाली प्राकृतिक वस्तु मन पराउने गरेका छन्। त्यसैले मागअनुसार उत्पादन गरिरहेका छौँ।'

images
images

उनले आफू  ओसोको अनुयायी भएकाले यहाँ ध्यान गर्न आएका विदेशीहरूले नै उत्पादित वस्तु खरिद गरेर लैजाने गरेको सुनाए। 'सुरुसुरुमा विदेशीले पनि सामान्य रूपमा लिने गरेका थिए। पछि तेलको महत्वबारे जानकारी गराएपछि उनीहरूले मन पराए। उत्पादन गरेका सबै वस्तु बिक्री हुन थालेपछि हौसला बढेको छ', दहालले भने।

धूपीको तेल प्रतिकिलोग्राम  दुई हजार ५०० रूपैयाँ, तीतेपातीको तेल प्रतिकिलो ६ हजार रुपैयाँ, मेन्थाको तेल प्रतिकिलो सात हजार रुपैयाँ र धसिंगरेको तेल प्रतिकिलो  सात हजार रुपैयाँमा बिक्री हुने गरेको छ। दहालले ३५ रोपनी जमिनमा यस्ता विभिन्न वनस्पतिको खेती गर्दै आएका छन्। उनले स्थानीय किसानबाट समेत कच्चापदार्थ खरिद गरी गरिरहेका छन्।  

'गाउँका किसानले उत्पादन गरेको वस्तु घरमा नै गएर खरिद गरिरहेका छौँ। धूपी प्रतिकिलो रु आठ र तीतेपाती प्रतिकिलो रु चारले घरमै  गएर खरिद गर्दा किसान पनि लाभान्वित भएका छन्', दहालको भनाइ छ।  

गाउँका खाली जमिनको सदुपयोग गरेर स्थानीयस्तरमा नै व्यावसायिक उत्पादन गरिएको स्थानीय केशव दहालले बताए। यहाँबाट उत्पादित तेल रुघाखोखी, घाँटी दुखेको बेला प्रयोग गर्ने, चोट लागेको ठाउँमा मालिस गर्न र हाडजोर्नीको समस्या भएका, ढाड दुखेका बिरामीहरूले यसको बढी प्रयोग गर्ने गरेको दहालको भनाइ छ। रासस


प्रकाशित : बिहीबार , माघ १७ २०८११०:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend