बिहीबार , माघ १७ गते २०८१    
बिहीबार , माघ १७ २०८१
images
images

खेतबारीमा सिँचाइ गर्न ‘च्यास्मीटार सोलार वाटर लिफ्टिङ आयोजना’

images
बुधबार, माघ १६ २०८१
images
images
खेतबारीमा सिँचाइ गर्न ‘च्यास्मीटार सोलार वाटर लिफ्टिङ आयोजना’

दोस्रो ट्यांकीबाट तेस्रो ट्यांकीमा पानी निकाल्न आवश्यक विद्युतको व्यवस्थापन भने नगरपालिकाले गर्ने सहमति भएको छ। सिँचाइका लागि लिफ्ट गरेर निकालिने पानी खानका लागिसमेत उपयुक्त हुने जनाइएको छ।

images
images

खोटाङ- हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारस्थित दाल्फुका ३२ घरका स्थानीयको खेतबारी सिञ्चित गर्न सोलार वाटर लिफ्टिङ आयोजनाको काम सुरु गरिएको छ। स्थानीय फिर्कुखोलाको पानी साविकको च्यास्मीटार-४ दाल्फुमा निकालेर खेतबारी सिञ्चित गर्ने गरी ‘च्यास्मीटार सोलार वाटर लिफ्टिङ आयोजना’को काम अघि बढाइएको हो।

images
images
images

सुक्खाग्रस्त क्षेत्रमा पर्ने दाल्फुमा सिँचाइको व्यवस्थापन गर्दै स्थानीयको जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले फिर्कुखोलाको पानी गाउँमा निकाल्न सोलार वाटर लिफ्टिङ आयोजना सञ्चालन गरिएको हलेसी तुवाचुङका नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए।

images

युएनडीपी/जीईएफअन्तर्गतको जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजनामार्फत प्राप्त भएको एक करोड ६९ लाख १३ हजार चारसय १५ रूपैयाँ बजेटमा सोलार वाटर लिफ्टिङ आयोजनाको काम सुरु गरिएको हो। 

images
images
images

सम्झौता गरेको मितिले तीन महिनाभित्र सम्पन्न गर्ने गरी सुरुवात गरिएको सोलार वाटर लिफ्टिङ आयोजनाको शिलान्यास यही माघ १४ गते नगरप्रमुख विमला राईले गरेकी थिइन्। विसं २०८१ फागुन १६ गतेसम्ममा निर्माणको काम सम्पन्न गरेर पानी सञ्चालन गर्ने गरी ठेकेदार कम्पनी सूर्योदय ऊर्जा प्रालिले विसं २०८१ मङ्सिर ४ गते आयोजनाको ठेक्का सम्झौता गरेको थियो। 

सोलार वाटर लिफ्टिङ आयोजना सम्पन्न भएर सञ्चालनमा आएपछि दाल्फुका स्थानीयको खेत तथा बारी गरी करिब पाँचसय रोपनी सिञ्चित हुने जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना अधिकृत सिभिल इञ्जिनियर अष्टराम छुकांले जानकारी दिए।

गाउँभन्दा करिब एक हजार दुईसय मिटर तल रहेको फिर्कुखोलाको पानी लिफ्ट गर्नका लागि खोलादेखि गाउँको बीचमा तीन भिन्नाभिन्नै रिजर्भ (संकलन गर्न मिल्ने) ट्यांकी निर्माण गर्ने डिजाइन गरिएको छ ।

खोलाबाट पहिलो र दोस्रो ट्यांकीसम्म सोलारबाट पानी लिफ्ट गरेर निकालिने प्राविधिक अनुमानमा उल्लेख छ। दोस्रो ट्यांकीबाट तेस्रो ट्यांकीमा लिफ्ट गरेर पानी निकाल्नका लागि भने राष्ट्रिय प्रसारण लाइनको विद्युत् उपयोग गरिने आयोजना अधिकृत छुकांले जानकारी दिए।

दोस्रो ट्यांकीबाट तेस्रो ट्यांकीमा पानी निकाल्न आवश्यक विद्युतको व्यवस्थापन भने नगरपालिकाले गर्ने सहमति भएको छ। सिँचाइका लागि लिफ्ट गरेर निकालिने पानी खानका लागिसमेत उपयुक्त हुने जनाइएको छ।

सिँचाइ अभावमा मकै तथा कोदोखेती मात्रै गर्दै आएका दाल्फुवासी आयोजनाका कारण बाह्रै महिना आफ्नो खेतबारी सिञ्चित हुने भएपछि हर्षित भएका छन्। खोला तथा कुवाबाट बोकेर ल्याएको पानी उपभोग गर्दै आएका दाल्फुवासीमा लामो समयअघिदेखि खानेपानीको समेत समस्या रहेको छ। 

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने च्यास्मिटारका साथै नगरपालिकाभित्र सबै वडामा खानेपानीको समस्या रहेको छ। करिब २० हजार उपभोक्ता रहेको उक्त नगरपालिकाका अधिकांश ठाउँमा अहिले पनि बर्सातको पानी जम्मा गरेर र दूधकोशी नदीबाट गाडीमा बोकेर ल्याएको पानी उपभोग गर्ने गरिएको छ। 

त्रिधार्मिकस्थल हलेसीसमेत रहेको उक्त नगरपालिकामा दूधकोशी नदीको पानी लिफ्टिङ गरेर स्थानीयको घरघरमा वितरण गर्ने गरी सुरुवात गरिएको ‘बृहत् हलेसी लिफ्टिङ खानेपानी आयोजना’ अहिले अलपत्र अवस्थामा छ। रासस


प्रकाशित : बुधबार, माघ १६ २०८११६:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend