शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

‘कोरम’ नपुगेपछि पूर्वाधार समितिको बैठक स्थगित

images
बुधबार, माघ १६ २०८१
images
images
‘कोरम’ नपुगेपछि पूर्वाधार समितिको बैठक स्थगित
फाइल तस्बिर

आजको बैठकमा ऊर्जा मन्त्रालयसँग सम्बन्धित समितिमा परेका उजुरीका सम्बन्धमा छलफल गर्ने कार्यसूची थियो।

images
images

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ।

images
images
images

२५ सदस्यीय समितिमा निर्धारित समयभन्दा डेढ घण्टा बढी समयमा पनि बैठक सञ्चालनका लागि आवश्यक न्यूनतम सङ्ख्या नपुगेपछि बैठक स्थगित भएको हो। बिहान ११:३० बजे बोलाइएको बैठकमा १० सदस्यको मात्र उपस्थिति रह्यो।

images
images

संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले आफ्ना सदस्यहरुको संसदीय समितिमा हुने उपस्थिति र खेल्ने भूमिकाका आधारमा मूल्यांकन हुने बताइरहेका बेला कोरम नपुगेर बैठक स्थगित हुन पुगेको छ।

images
images
images

सरकारका प्रतिनिधिको अनुपस्थिति भएमा बैठक नचलाइने अभ्यासअनुसार बैठकमा आमन्त्रण गरिएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र राज्यमन्त्री पूर्णबहादुर तामाङ भने समितिमा उपस्थित थिए।

उपयुक्त समयमा अर्को बैठक बस्ने समितिका सभापति दीपकबहादुर सिंहले जानकारी दिए । समितिमा २५ सदस्य छन्। बैठक सञ्चालनका लागि न्यूनतम १३ जना उपस्थित हुनुपर्छ।

आजको बैठकमा ऊर्जा मन्त्रालयसँग सम्बन्धित समितिमा परेका उजुरीका सम्बन्धमा छलफल गर्ने कार्यसूची थियो। रासस


प्रकाशित : बुधबार, माघ १६ २०८११४:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend