शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

प्रधानमन्त्रीसमक्ष स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रस्तुत

images
बुधबार, माघ १६ २०८१
images
images
प्रधानमन्त्रीसमक्ष स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रस्तुत

मन्त्रिपरिषद्‌बाट निर्णय भएमा संसद्को आगामी अधिवेशनमार्फत स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाउने मन्त्रालयको तयारी छ।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधारसम्बन्धी कार्ययोजना प्रस्तुत गरेका छन्।

images
images
images

मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहको नेतृत्वमा तयार पारिएको कार्ययोजनासहितको प्रतिवेदन स्वास्थ्यमन्त्री पौडेलले आज प्रधानमन्त्रीसमक्ष बुझाएका हुन्।

images
images

कार्ययोजनाका आधारमा मन्त्रिपरिषद् बैठकमार्फत स्वास्थ्य बीमामा सुधार सम्बन्धमा निर्णय हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ।

images
images
images

स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य बीमामा सुधार गर्दै पाँच लाख रूपैयाँ पुर्‍याउने गरी तयारी गरिरहेको बताउँदै आएका छन्।

प्रधानमन्त्रीसमक्ष पेस भएको प्रतिवेदनमा पनि स्वास्थ्य बीमा रकम पाँच लाख रूपैयाँसम्म पुर्‍याउन सकिने आधार समावेश छन्।

मन्त्रिपरिषद्‌बाट निर्णय भएमा संसद्को आगामी अधिवेशनमार्फत स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाउने मन्त्रालयको तयारी छ। रासस


प्रकाशित : बुधबार, माघ १६ २०८११३:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend