शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

स्टन्टबाजीबाट देश चल्दैन, सबैको इमानदार प्रयास आवश्यक छ : प्रधानमन्त्री ओली

images
बुधबार, माघ १६ २०८१
images
images
स्टन्टबाजीबाट देश चल्दैन, सबैको इमानदार प्रयास आवश्यक छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्रीले यथार्थमा जनताप्रति इमानदारिता र बफादारिताका साथ सबैले आफ्नो कर्तव्य पूरा गरेर देशलाई भद्रगोल र विपन्नबाट मुक्त बनाउनुपर्ने बताए।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै ‘स्टन्ट’बाजीबाट देश नचल्ने बताएका छन्।

images
images
images

नेपाल बार एसोसिएसन र युवा कानून व्यवसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानून व्यवसायी सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यथार्थमा जनताप्रति इमानदारिता र बफादारिताका साथ सबैले आफ्नो कर्तव्य पूरा गरेर देशलाई भद्रगोल र विपन्नबाट मुक्त बनाउनुपर्ने बताएका हुन्।

images
images

उनले राजनीतिक दलहरुको नेतृत्व र जनताको सहभागितामा लोकतन्त्र ल्याइएकाले अब शान्तिसुरक्षा, सुशासन र समृद्धि कायम गर्न सबै कटिबद्ध हुनुपर्नेमा जोड दिए। प्रधानमन्त्री ओलीले सांसदहरुले कानून बनाउँदा सार्वभौमसत्ता सम्पन्न जनताका तर्फबाट कानून बनाउँदैछु भन्ने कुरा हेक्का राखेर काम गर्नुपर्ने र सरकारले म नै सर्वेसर्वा हुँ भन्ने भ्रम पाल्न नहुने स्पष्ट गरे।

images
images
images

'संसद्ले न्यायपूर्ण कानून बनाउनुपर्छ। सम्बन्धित निकायहरु त्यसअनुसार चल्नुपर्छ। सन्तुलत र नियन्त्रणको सिद्धान्तका साथै लोकतन्त्रमा आफै कानूनको पालना गर्ने अभ्यास अझ आवश्यक हुन्छ', प्रधानमन्त्री ओलीले भने, 'देशप्रति साँच्चै इमानदार भएर सुशासनयुक्त, भ्रष्टाचारमुक्त, समृद्ध र सुखी नेपाली बनाउन सकियोस् भनेर सरकार लागिरहेको छ, यसमा कानून व्यवसायीहरूबाट सक्रिय साथसहयोग प्राप्त हुने विश्वास लिएको छु।'

प्रधानमन्त्री ओलीले सम्मेलनबाट प्राप्त निष्कर्षसहितको रायसुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै युवा कानून व्यवसायीले कम पारिश्रमिक पाउने अवस्था अन्त्य हुनुपर्ने बताए। उनले विद्यमान सरकार कानून व्यवसाय र युवाहरुको साथमा रहेको स्पष्ट गर्दै यस क्षेत्रको भलाइ र उन्नतिका पक्षमा कानून निर्माणलगायतका काममा उचित ध्यान दिने विश्वास दिलाए।

अन्तर्राष्ट्रिय क्षेत्रका प्रतिनिधिबाट पनि सम्बोधन गरिएको कार्यक्रममा युवा कानून व्यवसायी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको थियो। रासस


प्रकाशित : बुधबार, माघ १६ २०८१११:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend