शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

सूर्यविनायक नगरपालिकाको आफ्नै भवनबाट सेवा प्रवाह सुरु

images
मंगलबार, माघ १५ २०८१
images
images
सूर्यविनायक नगरपालिकाको आफ्नै भवनबाट सेवा प्रवाह सुरु

नगरपालिकाले ६ रोपनी ११ आना दुई पैसा तीन दाम क्षेत्रफलमा उक्त भवन २० करोड ४१ लाख ५२ हजार रूपैयाँमा निर्माण गरेको हो।

images
images

भक्तपुर- सूर्यविनायक नगरपालिकाले आजदेखि आफ्नै नयाँ भवनबाट प्रशासनिक सेवा सुरु गरेको छ।

images
images
images

यसअघि नगरपालिकाले टंकप्रसाद आचार्य प्रतिष्ठानको भाडाको घरबाट प्रशासनिक कार्यालय सञ्चालन गर्दै आएको थियो। आजदेखि आफ्नै भवनबाट सेवा सुरु गरेको नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए।

images
images

उनले भने, 'नगर प्रमुख, उपप्रमुखको कार्यकक्ष र अन्य महत्वपूर्ण शाखाहरु नयाँ भवनमा सारेर सेवा सुरु भएको छ। भोलि र पर्सिको सार्वजनिक बिदामा सबै शाखाहरु सारेर नयाँ भवनबाटै सेवा सञ्चालन हुन्छ।'

images
images
images

नयाँ भवनमा ९२ वटा कार्यकक्ष, स्तनपान कक्ष, अपांगमैत्री, पाँच सय सवारी साधन अट्ने दुई तल्लाको बेसमेन्ट पार्किङ, आठजना क्षमता रहेको दुईवटा लिफ्ट, तीन सयजना अट्ने सेमिनार हल, दुईवटा बैठक कक्ष, एउटा पुस्तकालय र एउटा तालिम कक्ष रहेको प्रवक्ता सापकोटाले जानकारी दिए।

नगर प्रमुख वासुदेव थापाले २०७४ सालमा पहिलोपटक नगर प्रमुखको पदबहाली गर्दा दुई कोठा र दुईजना सरकारी दरबन्दीका कर्मचारी लिएर कार्यालय सञ्चालन गरेको नगरपालिकाले आज आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा सुरु गरेको बताए।

नगरपालिकाले ६ रोपनी ११ आना दुई पैसा तीन दाम क्षेत्रफलमा उक्त भवन २० करोड ४१ लाख ५२ हजार रूपैयाँमा निर्माण गरेको हो। 

मासिक एक लाख २० हजार रूपैयाँ भाडा तिर्दै आएको नगरपालिकाले संघीय सरकारको दुई करोड, जिल्ला समन्वय समितिको ७५ लाख र बाँकी आफ्नै लगानीबाट भवन निर्माण गरेको जनाएको छ। नगरपालिकाले आगामी ०८३ जेठ मसान्तभित्र बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी गरेको बताए। रासस


प्रकाशित : मंगलबार, माघ १५ २०८१११:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend