काठमाडौं- अमेरिकी अनुदान सहयोगमा सञ्चालित कार्यक्रममा थप दायित्व सिर्जना नगर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ।
अमेरिकी सरकारको अनुदान सहायतामा नेपाल सरकारको बजेट कार्यक्रम र ढुकुटीबाट खर्च हुने कार्यक्रममा कुनै पनि दायित्व सिर्जना नगर्न अर्थले निर्देशन दिएको हो।
अमेरिकाले अनुदानका कार्यक्रम ९० दिनका लागि रोक्ने निर्णय गरेपछि त्यसको जानकारी सरकारलाई शनिबार गराइएको थियो। त्यसपछि अर्थले अन बजेट अन ट्रेजरीका चारवटा कार्यक्रममा थप दायित्व सिर्जना नगर्न निर्देशन दिएको हो।
सरकारसँगको सम्झौतामा यस्ता परियोजना चारवटा रहेका छन्। स्वास्थ्य, कृषि, शिक्षा र समावेसी नीतिका क्षेत्रमा कार्यक्रम रहेका छन्।