शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

उद्यमी बन्दै ताप्लेजुङका महिला, अल्लोको कपडाबाट आकर्षक सामग्री

images
सोमबार, माघ १४ २०८१
images
images
उद्यमी बन्दै  ताप्लेजुङका महिला, अल्लोको कपडाबाट आकर्षक सामग्री

बिहान-बेलुका घरायसी काम सकेर दिउँसो उनी अल्लोबाट विभिन्न सामग्री उत्पादन गर्न व्यस्त छिन्।

images
images

ताप्लेजुङ- ग्रामीण क्षेत्रमा पाइने कच्चा पदार्थको उपयोग गरेर ताप्लेजुङका महिला उद्यमी बन्दै गएका छन्। स्थानीय सरकार र विभिन्न संस्थाको सहयोगमा उनीहरूले आफ्नो क्षमता विकास गर्दै उद्यमी बन्न थालेका हुन्। 

images
images
images

फुङ्लिङ नगरपालिका-१० कि दीपा लिम्बूले विगत एक वर्षदेखि अल्लो प्रशोधन कार्यमा संलग्न हुँदै आएका छन्। बिहान-बेलुका घरायसी काम सकेर दिउँसो उनी अल्लोबाट विभिन्न सामग्री उत्पादन गर्न व्यस्त छिन्। त्यही गाउँका ६५ वर्षीया गंगामाया लिम्बू पनि अहिले अल्लोको कपडाबाट सामग्री उत्पादन गरेर आत्मनिर्भर बनेकी छिन्। उनीसँगै  रूपमती लिम्बू पनि तालिम लिएर अल्लो कपडा उत्पादनमा सक्रिय छिन्।

images
images

फुरुम्बो गाउँका १६ महिलाले सामूहिक रूपमा अल्लोको सामग्री उत्पादन गर्दै आएका छन्। हिमाली संरक्षण मञ्च, रेड पाण्डा नेटवर्क, घरेलु तथा साना उद्योग र फुङ्लिङ नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा उनीहरूले उद्यमशीलताको यात्रा सुरु गरेका हुन्।

images
images
images

गत वर्षदेखि सुरु भएको अभियानले उनीहरूको जीवनमा ठूलो परिवर्तन ल्याएको छ। तालिमले महिलालाई उद्यम विकास, अल्लो संकलन, प्रशोधन र उत्पादनको सीप प्रदान गरेको छ। यसै तालिमपछि उनीहरूले कपडाबाट पोसाक, झोला, पर्स, रुमाललगायत सामग्री उत्पादन गर्न थालेका छन्।

घरेलु तथा साना उद्योग महासंघका महिला उपाध्यक्ष विष्णु श्रेष्ठका अनुसार विद्यालयबाट पनि अल्लो सामग्रीको माग आएको छ। 'महिलाहरूले उत्पादन गरेका सामानको गुणस्तर राम्रो भएकाले बजार विस्तार हुँदैछ', श्रेष्ठले भने। हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार यो अभियानमा रेड पाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले २४ लाख रूपैयाँ लगानी गरेका छन्। फुङ्लिङ नगरपालिकाले दुई लाख रूपैयाँ, वडा कार्यालयले एक लाख ५० हजार रूपैयाँ र घरेलु तथा साना उद्योग कार्यालयले दुई लाख रूपैयाँ सहयोग गरेका छन्।

तालिम र सामूहिक उत्पादनका क्रममा महिलाले ‘फुरुम्बु अल्लो कपडा उद्योग’ दर्ता गरेका छन्। सामूहिक उद्यमका रूपमा सुरु गरिएको यस उद्योगले उत्पादन गरेको सामग्री बजारसम्म पुर्‍याउन स्थानीय सरकार र हिमाली संरक्षण मञ्चले सहजीकरण गरिरहेको छ।

फुङ्लिङ नगरपालिका-१० का वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार नगरपालिकाले महिलाका उत्पादन विद्यालयमा आपूर्ति गर्ने योजना बनाएको छ। लिम्बूले भने, 'स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नु मात्र होइन, यसले जिल्लाको पहिचानलाई समेत उजागर गर्छ।'

घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष श्रेष्ठका अनुसार महिलाले घरको चुलोचौकोमा सीमित नरही स्थानीय स्रोत र साधनको सदुपयोग गरेर राम्रो आम्दानी गर्न सक्छन्। श्रेष्ठले भने, 'स्थानीय सरकारले उत्पादन प्रवर्द्धन गर्नसक्यो भने महिलालाई अझ प्रोत्साहन हुनेछ।'

स्थानीयस्तरमै कच्चा पदार्थको प्रशोधन र उत्पादनले महिलालाई आत्मनिर्भर बनाएको छ। यसले ग्रामीण महिलाको जीवनस्तर उकास्नुका साथै समाजमा उनीरूको स्थानसमेत बलियो बनाएको छ।

फुरुम्बोका महिलाले सामूहिक प्रयासबाट स्थानीयस्तरमा स्वरोजगारको बलियो उदाहरण प्रस्तुत गरेका छन्। गाउँकै कच्चा पदार्थबाट उत्पादन गरिएका सामग्रीले बजार पाउँदै गर्दा उनीहरूमा आत्मविश्वास बढेको फुरुम्बो अल्लो प्रशोधन तथा कपडा उद्योगका अध्यक्ष चन्द्रकुमारी लिम्बूले बताइन्।

अहिलेको उत्पादनलाई व्यावसायिक रूपमा विस्तार गर्ने योजनाअन्तर्गत उत्पादित सामग्रीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा निर्यात गर्ने योजना बनाइएको छ। उनले भनिन्, 'सहज पहुँच र सहजीकरण पाउने हो भने हाम्रो उत्पादनले ठूलो बजार पाउन सक्छ।'

महिलाको सामूहिक प्रयासले ग्रामीण क्षेत्रमा स्वरोजगार सिर्जनाका नयाँ सम्भावना उजागर गरेको छ। यसले महिला सशक्तीकरण र स्थानीय विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। रासस


प्रकाशित : सोमबार, माघ १४ २०८११०:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend