शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

जैमिनी नगरपालिकाले सञ्चालन गर्‍यो ‘निःशुल्क किसान फोन सेवा’

images
आइतबार, माघ १३ २०८१
images
images
जैमिनी नगरपालिकाले सञ्चालन गर्‍यो ‘निःशुल्क किसान फोन सेवा’

व्यावसायिक कृषि तथा पशुपालन गर्दै आएका किसानलाई प्राविधिक तथा अनुदानका कार्यक्रमलाई प्रभावकारी बनाउन ‘निःशुल्क किसान फोन सेवा’ सञ्चालन गरिएको हो।

images
images

ढोरपाटन- बागलुङको जैमिनी नगरपालिकाले किसानको सहजताका लागि ‘निःशुल्क किसान फोन सेवा’ सञ्चालन गरेको छ। व्यावसायिक कृषि तथा पशुपालन गर्दै आएका किसानलाई प्राविधिक तथा अनुदानका कार्यक्रमलाई प्रभावकारी बनाउन ‘निःशुल्क किसान फोन सेवा’ सञ्चालन गरिएको हो।

images
images
images

माघ पहिलो सातादेखि यो सेवा सुरु गरेपछि किसान लाभान्वित हुँदै गएको नगरपालिकाका पशु शाखा प्रमुख डा अच्युत आचार्यले जानकारी दिए। किसानले बालीनाली र पशुचौपायामा समस्या देखिए तत्काल फोन गरेर प्राविधिक सेवा लिन सकिने उनको भनाइ छ। किसानले पशु तथा कृषिसम्बन्धी जानकारी लिनुपरे पैसा नलाग्ने नम्बर १८१०-५०००-११६ मा फोन गर्न सक्नेछन्।

images
images

आचार्यले भने, 'जैमिनी भौगोलिक हिसाबले ठूलो छ, बाली तथा पशु चौपायामा केही समस्या आए तत्काल ‘फिल्ड’मा पुग्न नसकिने अवस्थामा किसानले हामीलाई फोन गर्नु हुनेछ, नगरपालिकाबाट प्राविधिकले समस्या बुझेर तत्काल समाधानको उपाय बताउनेछन्, अहिले हामीले बिहान १० देखि साँझ ५ बजेसम्म सेवा सुरु गरेका छौँ, अब छिट्टै २४सै घण्टा सेवा दिनेगरी तयारी गरिरहेका छौँ।'

images
images
images

किसानले प्राविधिक सेवा नपाउँदा ठूलो नोक्सानी व्यहोर्नुपरेको हुँदा नगरपालिकाले ‘निःशुल्क किसान फोन सेवा’ सञ्चालन गरेको नगर उपप्रमुख हरिहर शर्माले बताए। किसानको समस्या समाधान गर्न एकै स्थानबाट पालिकाभरिका कृषकलाई टेलिफोनका माध्यमबाट प्रावधिक ज्ञान, सल्लाह सुझाव प्रदान गर्ने उनको भनाइ छ।

किसान ‘कल सेन्टर’ स्थापना भएपछि कृषकलाई परेको समस्या समाधान गर्न कार्यालय नै धाउन नपर्ने शर्मा बताउँछन्। किसान कल सेवा स्थापना भएपछि विषय विज्ञहरुबाट कृषि तथा पशुसम्बन्धी सल्लाह, सुझाव, जिज्ञासा, नवीनतम प्रविधिबारे जानकारी, उत्पादनमा देखापरेका समस्या तथा क्षति समाधानका उपाय, सूचना एकै ठाउँबाट उपलब्ध हुने उपप्रमुख शर्माले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, माघ १३ २०८११३:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend