शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

विद्युत महसुल नतिर्ने एक हजारभन्दा बढी ग्राहकको लाइन काटियो, चार करोड १३ लाख बक्यौता उठाउन बाँकी

images
आइतबार, माघ १३ २०८१
images
images
विद्युत महसुल नतिर्ने एक हजारभन्दा बढी ग्राहकको लाइन काटियो, चार करोड १३ लाख बक्यौता उठाउन बाँकी

भरतपुर वितरण केन्द्रमा मासिक महसुल बुझाउने ग्राहकमध्ये ६२ प्रतिशतले अहिले अनलाइनबाट महसुल बुझाउने गरेका छन्।

images
images

चितवन- नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार तीनसय ६८ जना ग्राहकको लाइन काटेको छ। समयमा विद्युत् महसुल नबुझाउने उनीहरुको लाइन गत साउनयता काटिएको हो।

images
images
images

कार्यालयका प्रमुख ई रामु श्रेष्ठकाअनुसार साउनदेखि पुस मसान्तसम्म महसुल नतिर्ने उनीहरुको लाइन काटिएको हो। यस अवधिमा एक हजार चारसय ५६ जनाले बक्यौता रकम तिरेका छन्। उनीहरुबाट दुई करोड ८२ लाख २१ हजार नौसय १६ रूपैयाँ राजस्व संकलन भएको छ।

images
images

प्रमुख श्रेष्ठका अनुसार विद्युत महसुल नबुझाउने ति ग्राहकबाट चार करोड १३ लाख ९५ हजार पाँचसय ६७ रूपैयाँ बक्यौता उठाउन बाँकी थियो।

images
images
images

वितरण केन्द्रले पुस मसान्तसम्म दुई सय ८१ जना ग्राहकलाई कालोसूचीमा राखेको छ। उनीहरुबाट एक करोड पाँच लाख ४६ हजार एकसय ८८ रूपैयाँ बक्यौता उठाउन बाँकी छ।

वितरण केन्द्र प्रमुख श्रेष्ठले भने, 'नेपाल विद्युत् प्राधिकरणको प्रचलित विनियमअनुसार ६ महिनासम्म महसुल नबुझाएका ग्राहकलाई कालोसूचीमा राख्ने प्रावधान छ।'

भरतपुर वितरण केन्द्रमा मासिक महसुल बुझाउने ग्राहकमध्ये ६२ प्रतिशतले अहिले अनलाइनबाट महसुल बुझाउने गरेका छन्।

यस केन्द्रमा हाल ७२ हजार बढी ग्राहक छन्। रासस


प्रकाशित : आइतबार, माघ १३ २०८११३:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend