शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

वनहरामा पक्की पुल निर्माण अन्तिम चरणमा

images
आइतबार, माघ १३ २०८१
images
images
वनहरामा पक्की पुल निर्माण अन्तिम चरणमा

निर्माण कम्पनीले सम्झौताअनुसार २५ करोड ९६ लाख ३६ हजार तीनसय ४० रूपैयाँ लागतमा पुल निर्माण गरिरहेको छ।

images
images

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-१२ स्थित वनहरा नदीमा पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ। निर्माण कम्पनीले सम्झौताअनुसार २५ करोड ९६ लाख ३६ हजार तीनसय ४० रूपैयाँ लागतमा पुल निर्माण गरिरहेको छ। ठेक्का सम्झौता भएको दुई वर्षपछि मात्र निर्माण अगाडि बढाइएको छ।

images
images
images

सम्झौताअनुसार तीन वर्षभित्र पुल निर्माण गरिसक्नुपर्ने भएकाले सोहीअनुरुप निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाइएको निर्माण व्यवसायीको भनाइ छ। पुल निर्माणमा संलग्न इञ्जिनियर विकास श्रेष्ठका अनुसार पुलको पिलर ठड्याउने कामसँगै सबट्रक्चरको काम पूरा भएको छ। 

images
images

सुपर स्ट्रक्चर निर्माण अगाडि बढाइएको छ। नदी दुवैतर्फको तटन्ध निर्माण हुन बाँकी छ। ठेक्का सम्झौताअनुसार पुलको दायाँबायाँको क्षेत्रमा आठ सय २५ मिटर लम्बाइको तटबन्ध निर्माण हुने इञ्जिनियर श्रेष्ठले बताए। पक्की पुल क्षेत्रमा तीनसय मिटर कालोपत्र हुने छ। पुलको लम्बाइ दुईसय ७५ मिटर रहेको छ भने चौडाइ ११ मिटर छ।

images
images
images

पुल निर्माणका लागि २०७८ साल फागुन ५ गते ठेक्का सम्झौता भएको थियो। पुल निर्माणकार्य २०८१ साल फागुन ४ गतेभित्र पूरा गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ। नदीमा रहेको झोलुङ्गे पुल दुई वर्षअघि आएको बाढीले चुडालेर बगाएपछि स्थानीय बासिन्दा वर्षात्का बेला बाढी आएको नदी तर्न बाध्य छन्।

हिउँमा स्थानीय विपद् समितिले निर्माण गरेको अस्थायी पुलमा सवारीसाधन गुडाएवापत शुःल्क तिर्दै आएका छन्। पुल निर्माण पूरा भएपछि नदीमा जोखिम मोलेर हिँड्नुपर्ने अवस्थाको अन्त्य हुने वडाध्यक्ष नवलसिंह राना बताउँछन्। रासस


प्रकाशित : आइतबार, माघ १३ २०८११०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend