शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

विश्व स्वास्थ्य संगठनलाई कसले कति रकम दिन्छन्? अमेरिकाले मात्रै दिन्थ्यो वार्षिक एक अर्ब डलर

ट्रम्पले बाहिरिने निर्णय गरेकाले अब अमेरिकाले दिँदैन पैसा

images
आइतबार, माघ १३ २०८१
images
images
विश्व स्वास्थ्य संगठनलाई कसले कति रकम दिन्छन्? अमेरिकाले मात्रै दिन्थ्यो वार्षिक एक अर्ब डलर

चीनले डब्लूएचओलाई २०२२-२३ मा जम्मा ४ करोड १० लाख डलर दिएको थियो। यो भनेको डब्लूएचओले उक्त वर्षका पाएको कुल रकमको ०.६ प्रतिशतमात्रै हो।

images
images

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) संयुक्त राष्ट्र संघको सहायक संस्थाको रुपमा रहेको छ। यसले विशेषगरी विश्वको सार्वजनिक स्वास्थ्यका क्षेत्रमा प्रत्यक्ष रुपमा काम गर्दै आएको छ। विश्वमा स्वास्थ्य समस्या आउँदा डब्लूएचओले प्रोएक्टिभ भएर नै काम गर्दै आएको छ। 

images
images
images

संयुक्त राष्ट्र संघअन्तर्गतको संस्था भएकाले डब्लूएचओमा यसका सदस्य राष्ट्रहरु दिने पैसा र स्वेच्छिक रुपमा विभिन्न संस्था र सरकारहरुले दिने रकमबाट यो संस्था चल्दै आएको छ। 

images
images

हालसम्मको तथ्यांकअनुसार डब्लूएचओमा सबैभन्दा धेरै पैसा दिनेमा अमेरिका रहेको छ। तर हाले अमेरिकाको राष्ट्रपति पद सम्हालेका डोनाल्ड ट्रम्पले डब्लूएचओबाट बाहिरिने औपचारिक घोषणा नै गरिसके। अमेरिकाले डब्लूएचओबाट बाहिरिने निर्णय गरेसँग यसको बजेटमा कस्तो असर पर्ला संसारभर धेरैको चासोको विषय बनेको छ। 

images
images
images

डब्लूएचओलाई अमेरिकाले मात्रै वार्षिक एक अर्ब डलर दिँदै आएको छ। भिजुअल क्यापिटालिस्टले डब्लूएचओलाई कुन देश वा संघसंस्थाहरुले कति पैसा दिँदै आएका छन् भन्ने बारे ग्राफिक्स बनाएको छ। यसमा २०२२-२०२३ मा स्वेच्छिक रुपमा कुन सरकार तथा संघसंस्थाबाट कति रकम डब्लूएचओलाई आयो, उल्लेख गरिएको छ। 

अमेरिकाले २०२२-२३ को अवधिमा डब्लूएचओलाई स्वेच्छिक रुपमा १ अर्ब १ करोड डलर पैसा दिएको थियो। यो भनेको डब्लूएचओले उक्त वर्ष प्राप्त गरेको कुल पैसाको १५.६ प्रतिशत हो। 

बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले सो अवधिमा ८२ करोड ६३ लाख डलर डब्लूएचओलाई दिएको थियो। यो डब्लूएचओले पाएको कुल रकमको १२.७ प्रतिशत बराबर हो।

जर्मनीले डब्लूएचओलाई २०२२-२३ को अवधिमा ७२ करोड २६ लाख डलर दिएको थियो। जुन डब्लूएचओको कुल वार्षिक बजेटको ११.१ प्रतिशत हो। 

जीएभीआई अलाइनसले डब्लूएचओलाई ४ करोड ४ लाख डलर पैसा दिएको थियो। यो डब्लूएचओले पाएको कुल पैसाको ७.४ प्रतिशत रकम हो। 

युरोपियन कमिसनले २०२२-२३ मा डब्लूएचओलाई ४६ करोड ६२ लाख डलर दिएको थियो। यो डब्लूएचओको कुल बजेटको ७.२ प्रतिशत हो। 

रोटरी इन्टरनेसनलले डब्लूएचओलाई १७ करोड ६५ लाख डलर दिएको थियो। यो डब्लूएचओको कुल बजेटको २.७ प्रतिशत हो।

यसैगरी क्यानडाले डब्लूएचओलाई २०२२-२३ मा १७ करोड ४२ लाख डलर दिएको थियो भने यो डब्लूएचओको कुल बजेटको २.७ प्रतिशत हो। 

युएन सीईआरएफले डब्लूएचओलाई १३ करोड ९९ लाख डलर दिएको थियो। यो डब्लूएचओको कुल बजेटको २.२ प्रतिशत हो।

बेलायतले डब्लूएचओलाई १३ करोड ३८ लाख डलर दिएको थियो। यो डब्लूएचओको कुल बजेटको २.१ प्रतिशत हो। 

डब्लूएचओ कन्टेनजेन्सी फन्डले डब्लूएचओलाई १२ करोड १५ लाख डलर दिएको थियो। यो कुल बजेटको १.९ प्रतिशत हो। 

त्यस्तै विश्व बैंकले २०२२-२३ मा डब्लूएचओलाई ११ करोड ७८ लाख डलर दिएको थियो। यो सो वर्ष डब्लूएचओले प्राप्त गरेको कुल रकमको १.८ प्रतिशत हो। 

फ्रान्सले डब्लूएचओलाई ११ करोड ५८ लाख डलर दिएको थियो। यो डब्लूएचओले पाएको कुल रकमको १.८ प्रतिशत हो। 

युनिसेफले डब्लूएचओलाई ११ करोड १० लाख डलर दिएको थियो। यो डब्लूएचओले पाएको कुल रकमको १.७ प्रतिशत हो।

मिस्कले डब्लूएचओलाई १० करोड ६८ लाख डलर दिएको थियो। यो डब्लूएचओले पाएको कुल रकमको १.६ प्रतिशत हो। 

नर्वेले डब्लूएचओलाई २०२२-२३ मा १० करोड ६५ लाख डलर दिएको थियो। यो डब्लूएचओले पाएको कुल रकमको १.६ प्रतिशत हो।

युएन एमपीटीएफले डब्लूएचओलाई ८ करोड ३९ लाख डलर दिएको थियो। यो डब्लूएचओले पाएको कुल रकमको १.३ प्रतिशत हो। 

इरानले डब्लूएचओलाई ७ करोड ८२ लाख डलर दिएको थियो। यो डब्लूएचओले पाएको कुल रकमको १.२ प्रतिशत हो। 

भारतले २०२२-२३ मा डब्लूएचओलाई ७ करोड ७४ लाख डलर दिएको थियो। यो डब्लूएचओले पाएको कुल रकमको १.२ प्रतिशत हो।

जापानले डब्लूएचओलाई ७ करोड ५८ लाख डलर दिएको थियो। यो डब्लूएचओले पाएको कुल रकमको १.२ प्रतिशत हो।

राउदी अरबले डब्लूएचओलाई ७ करोड १८ लाख डलर दिएको थियो। यो डब्लूएचओले पाएको कुल रकमको १.१ प्रतिशत हो। 

नेदरल्यान्डले डब्लूएचओलाई ६ करोड ९१ लाख डलर दिएको थियो। यो डब्लूएचओले पाएको कुल रकमको १.१ प्रतिशत हो। 

बाँकी विश्वका देश र संघसंस्थाहरुले २०२२-२३ को अवधिमा १ अर्ब १२ करोड ९० लाख डलर दिएका थिए। यो कुल रकमको १९ प्रतिशत हो। 

चीनले डब्लूएचओलाई २०२२-२३ मा जम्मा ४ करोड १० लाख डलर दिएको थियो। यो भनेको डब्लूएचओले उक्त वर्षका पाएको कुल रकमको ०.६ प्रतिशतमात्रै हो। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना महामारीयता डब्लूएचओलाई चिनियाँ सहयोगी बनेको आरोप लगाउँदै आएका थिए। सोही कारण दोस्रो कार्याकालका लागि राष्ट्रपतिमा निर्वाचित भएलगत्तै पनि उनले अमेरिका डब्लूएचओबाट बाहिरिने बताएका थिए।

डब्लूएचओको सबैभन्दा ठूलो दाताको रुपमा रहेको अमेरिकाले बाहिरिने निर्णय गरेसँग डब्लूएचओको बजेटमै प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ। प्रक्रियागत रुपमा अलग्गिन अमेरिकालाई एक वर्ष लाग्ने बताइएको छ। ट्रम्पको निर्णयले डब्लूएचओले कि त कर्मचारी कम गर्नेदेखि खर्च कटौतीसम्म गर्नुपर्ने छ कि त स्रोत व्यवस्थापन गर्नुपर्ने छ। 


प्रकाशित : आइतबार, माघ १३ २०८१०६:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend