बिहीबार , माघ १० गते २०८१    
बिहीबार , माघ १० २०८१
images
images

दोधारा-चाँदनी सुक्खा बन्दरगाह निमार्ण गर्न बोलपत्र आह्वान

images
बिहीबार , माघ १० २०८१
images
images
दोधारा-चाँदनी सुक्खा बन्दरगाह निमार्ण गर्न बोलपत्र आह्वान

बन्दरगाह निमार्णका लागि दुई अर्ब ५४ करोड ३१ लख ९९ हजार भारतीय रुपैयाँ लागतमा भारतीय पक्षले बोलपत्र आह्वान गरेको छ।

images
images

कञ्चनपुर- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१ स्थित सुक्खा बन्दरगाह निमार्णका लागि भारतले बोलपत्र आह्वान गरेको छ।

images
images
images

बन्दरगाह निर्माणस्थलमा भएका रुख कटानका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल इन्टरमोडल यातायात विकास समितिबीच सम्झौता भएपछि भारतीय पक्षले बोलपत्र आह्वान गरेको हो।

images

बन्दरगाह निमार्णका लागि दुई अर्ब ५४ करोड ३१ लख ९९ हजार भारतीय रुपैयाँ लागतमा भारतीय पक्षले बोलपत्र आह्वान गरेको छ। नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सुक्खा बन्दरगाह निमार्णका लागि भारतीय पक्षले बोलपत्र खोलेको जानकारी दिँदै छिट्टै बन्दरगाह निमार्णको काम सुरु हुने बताए।

images
images
images

'भारतीय पक्षले बोलपत्र आह्वान खोलिसकेको छ, हाम्रोतर्फ पनि रुख कटानका लागि अन्तिमपटक रुख गणना गर्ने काम भइरहेको छ', उनले भने, 'आइतबारसम्म अन्तिम रिर्पोट आउँछ त्यसपछि रुख कटानका लागि बोलपत्र आह्वान गछौँ।'

उनले ‘साइट क्लियरेन्स’को कार्य सम्पन्न भएपछि भारतीय पक्षबाट एकीकृत जाँच चौकी निर्माणको कार्य सुरु हुने बताए। भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच जुन १, २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

एकीकृत जाँच चौकीका लागि प्रयोग हुने ४२ दशमलव ३६ हेक्टर क्षेत्रफलमा दुईवटा गोदाम भवन, भन्सार जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवनलगायतका पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ। सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिमको सम्भावनाको ढोका खुल्ने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जंगबहादुर मल्लले बताए।

उनले भारतको राजधानी नयाँ दिल्ली र उत्तराखण्डस्थित औद्योगिक क्षेत्र रूद्रपुरसम्म सहज पहुँच हुने हुँदा सुदूरपश्चिमको विकासमा ठूलो योगदान मिल्ने अपेक्षा गरिएको बताए। 'रूद्रपुर भारतकै ठूलो औद्योगिक क्षेत्र हो, नेपालको गड्डाचौकी नाकादेखि भारतको औद्योगिक क्षेत्र पुग्न दुई घण्टा लाग्छ, तर यति छोटो दुरीमा रहेको औद्योगिक क्षेत्रसँग सुदूरपश्चिमले अहिलेसम्म व्यापारिक कारोबार गर्न पाएको छैन', मल्लले भने, 'सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आएपछि यस क्षेत्रको व्यापार विस्तारको ढोका खुल्छ।'

उनले बन्दरगाहसँगै दैजी-छेला औद्योगिक क्षेत्र निर्माणलाई पनि अघि बढाउन सके सुदूरपश्चिमको समृद्धिको ढोका खुल्ने बताए।

दोधारा चाँदनीमा सुक्खा बन्दरगाहको स्थापनापछि छिमेकी मुलुक भारतमा रहेका उद्योगका शाखासमेत नेपालमा खुल्न सक्ने र यहाँबाट उत्पादन गर्न सक्ने सम्भावना रहेको नेपाल उद्योग वाणिज्य महासंघका निर्देशक गोकर्ण अवस्थीको भनाइ छ।

'बन्दरगाहको काम सुरु भइसकेको छ, अब हामीले त्यहाँबाट आयात मात्रै गर्ने कि निर्यात पनि गर्ने यसको पूर्वतयारीमा लाग्न जरुरी छ', उनले भने, 'यो नाका सञ्चालन भए नेपाल भारतको सहज आवागमन हुन्छ, लामो दुरीबाट आवतजावत गर्नुपर्ने बाध्यता हट्छ।' उनले यो नाकाबाट आयात मात्रै नभएर निर्यात गर्ने उद्देश्यअनुरुप सरकारले काम गर्नुपर्ने बताए। रासस


प्रकाशित : बिहीबार , माघ १० २०८११६:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend