शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

गृहमन्त्री रमेश लेखक र एडीबी निर्देशकबीच भेट, सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्न आग्रह

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ १० २०८१
images
images
गृहमन्त्री रमेश लेखक र एडीबी निर्देशकबीच भेट, सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्न आग्रह

कैलालीको गोदावरीदेखि डडेल्धुरासम्मको सडक स्तरोन्नती, भारतीय सहयोगमा निर्माणको प्रक्रियामा रहेको दोधारा चादँनी सुख्खा बन्दरगाह वरपर अन्य भौतिक संरचना निर्माण गरी नमूना सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्न एडीबीसित आग्रह।

images
images

काठमाडौं- एसियाली विकास बैंक (एडीबी) का नेपाल प्रतिनिधि निर्देशक आर्नो कोस्वाले बिहीबार गृहमन्त्री रमेश लेखकसित भेटवार्ता गरेका छन्।

images
images
images

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री लेखकले भौतिक पूर्वाधार निर्माणमा एडीबीले पुर्‍याएको योगदानप्रति धन्यवाद दिए। साथै मन्त्री लेखकले पूर्व-पश्चिम राजमार्गको गड्डाचौकी-कोहलपुर खण्ड स्तरोन्नति, सुदूरपश्चिमको महत्वपूर्ण व्यापारिक नाकाका रुपमा विकास गर्न थालिएको महाकाली करिडोरको सडक निर्माणमा सहयोग, कैलालीको गोदावरीदेखि डडेल्धुरासम्मको सडक स्तरोन्नती, भारतीय सहयोगमा निर्माणको प्रक्रियामा रहेको दोधारा चादँनी सुख्खा बन्दरगाह वरपर अन्य भौतिक संरचना निर्माण गरी नमूना सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्न एडीबीसित आग्रह गरे।

images
images

त्यसैगरी मन्त्री लेखक र एडीबी निर्देशक कोस्वाबिच सुदूरपश्चिममा चार पालिकामा एडीबीको सहयोगमा बनिरहेका आधुनिक सहरको निर्माणलाई थप निरन्तरता र सुदूरपश्चिमको धार्मिक पर्यटकीय क्षेत्रको पुर्वाधार विकासमा सहयोगका विषयमा छलफल भएको छ।

images
images
images

एडीबी प्रतिनिधिहरूसितको छलफलमा मन्त्री लेखकले गत बर्ष एडीबीले सुदूरपश्चिमको पर्यटकीय विकासका लागि गरेको सर्वे रिपोर्ट कार्यान्वयनमा समेत जोड दिए। एडीबीका निर्देशक आर्नो कोस्वाले उक्त विषयमा एडीबीको माथिल्लो तहसित छलफल गरी जवाफ दिने बताए। 


प्रकाशित : बिहीबार , माघ १० २०८११४:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend