शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

टोलटोलमा सडक कालोपत्र गर्दै बर्दिबास नगरपालिका

images
बिहीबार , माघ १० २०८१
images
images
टोलटोलमा सडक कालोपत्र गर्दै बर्दिबास नगरपालिका

नगरपालिकाले चालु आवमा खयरमारा, पाटु, टुटेश्वर, गडन्ता, माईस्थान, किसाननगर, विजलपुरा जस्ता गाउँलाई कालोपत्र सडकसँग जोडेको छ।

images
images

महोत्तरी- यहाँको बर्दिबास नगरपालिका-१० खयरमाराका स्थानीय रोशन लामा हिजोआज गाडी चढेर गाउँदेखि १५ मिनेटमा बर्दिबास पुग्छन्। १२ किलोमिटर दुरीमा रहेको बर्दिबास पुग्न पहिले एक घण्टा भन्दा बढी लाग्थ्यो।

images
images
images

बर्दिबास-५ चेरुका राम भण्डारीलाई पनि गाउँबाट बर्दिबास आउजाउ गर्न १० मिनेटमात्रै लाग्न थालेको छ। नगरपालिकाले चालु आर्थिक वर्षमा सडक कालोपत्र गरेपछि स्थानीयवासीलाई गाउँ सहर गर्न सजिलो भएको हो। 

images
images

बर्दिबास नगरपालिकाले चालु आवमै २५ किलोमिटर सडक कालोपत्र गरेको छ। अझै पनि टोलटोलका सडकमा कालोपत्रे र ढलान गरिरहेको छ।

images
images
images

नगरभित्रका सडकहरु वर्षौँदेखि जीर्ण हुँदा हिलो र धुलोका समस्या भोग्दै आएकामा सडक पक्की भएपछि गाउँले हर्षित भएको बर्दिबास-३ की आशा तोलाङ्गेले बताइन्।

नगरपालिकाले चालु आवमा खयरमारा, पाटु, टुटेश्वर, गडन्ता, माईस्थान, किसाननगर, विजलपुरा जस्ता गाउँलाई कालोपत्र सडकसँग जोडेको छ। 

भौगोलिक बनोटका कारण भौतिक विकास गर्न कठिनाइ भइरहे पनि नगरपालिकाले निरन्तर पूर्वाधार निर्माण गरिरहेको नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीले बताए। 

उनले सडक कालोपत्र भएपछि स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन सहज भएको बताए। नगरपालिकाले १४ वटै वडाका सडकलाई धुलो र हिलोमुक्त बनाउने लक्ष्य लिएर काम गरिरहेको प्रमुख क्षेत्रीको भनाइ छ। रासस


प्रकाशित : बिहीबार , माघ १० २०८११३:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend