बिहीबार , माघ १० गते २०८१    
बिहीबार , माघ १० २०८१
images
images

दैजी-लिप्ना सडक : सात वर्षमा पाँच किमी सडक कालोपत्र

images
बिहीबार , माघ १० २०८१
images
images
दैजी-लिप्ना सडक : सात वर्षमा पाँच किमी सडक कालोपत्र

पूर्णरुपमा कालोपत्र नभए पनि दैजी-लिप्ना कच्ची सडकमा जोखिम मोलेर स्थानीय ओहोरदोहोर गर्न बाध्य छन्।

images
images

वेदकोट- कञ्चनपुरको वेदकोट नगरपालिका-३स्थित दैजी-लिप्ना सडकखण्डको पाँच किलोमिटरमा कालोपत्र गर्ने काम सकिएको छ। पूर्वाधार विकास कार्यालय कञ्चनपुरका अनुसार १२ किलोमिटर दैजी-लिप्ना सडकखण्डअन्तर्गत पाँच किलोमिटर कालोपत्र निर्माण गर्ने काम पूरा भएको हो।

images
images
images

निर्माणको काम सुरु भएको सात वर्षको अवधिमा पाँच किलोमिटर सडक कालोपत्र भएको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीले बताए। उनका अनुसार हालसम्म दैजी-लिप्ना सडकखण्डमा पाँच किलोमिटर कालोपत्रेका साथै नाली, कल्भर्ड र पर्खाल निर्माणको काम सकिएको छ।

images

बर्सेनि बर्खामा पहिरोले सडक भत्किने गरेकोले निर्माणमा ढिलाइ हुने गरेको उनको भनाइ छ। 'लिप्नामा पहिराले सडक अवरुद्ध हुने गरेको छ। बनाएको संरचना बर्खामा पहिरोले भत्काउने गरेको छ,' उनले भने, 'त्यसैले निर्माणको काममा केही ढिलाई भइरहेको हो।'

images
images
images

उनका अनुसार हाल पनि निर्माणको काम जारी नै रहेको छ। विसं २०७४ बैशाख ८ मा नागार्जुन कन्स्ट्रक्सनसंग दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। पटकपटक म्याद थप हुँदा पनि दैजी-लिप्प्ना सडकखण्डको पूर्णता नपाएको हो। 

पछिल्लो पटक विसं २०८२ असार मसान्तसम्म निर्माणको म्याद थप गरिएको छ। पूर्वाधार विकास कार्यालयका अनुसार २१ करोड २६ लाख रूपैयाँमा सडक निर्माणको सम्झौता भएको थियो।

दैजी-लिप्ना कञ्चनपुरको दैजी र डडेल्धुराको जोगबूढा जोड्ने सडकको एक खण्ड हो। पूर्णरुपमा कालोपत्र नभए पनि दैजी-लिप्ना कच्ची सडकमा जोखिम मोलेर स्थानीय ओहोरदोहोर गर्न बाध्य छन्।

दैजी-लिप्ना सडकले डडेल्धुराको भित्री मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिकालाई छोटो दुरीमा तराईसँग जोडेको छ। 'वर्षौँ भइसक्दा पनि अहिलेसम्म सडक कालोपत्र हुन सकेको छैन। कच्ची बाटोबाटै जोखिम मोलेर यात्रा गर्नु परेको छ,' परशुराम नगरपालिका-९ का दिनेश बोहराले भने, 'बर्खामा यात्रा नै गर्न सकिँदैन। हामी कालोपत्र सडक भएर आवातजावत कहिले गर्न पाउँला?'

उक्त सडकबाटै पर्यटकीयस्थल वेदकोट ताल पनि पुग्न सकिन्छ। पर्यटकीय क्षेत्रसमेत जोड्ने दैजी-लिप्ना खण्ड कालोपत्र भए आवतजावतमा सहजता थपिने स्थानीयको विश्वास छ। रासस


प्रकाशित : बिहीबार , माघ १० २०८११२:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend