बिहीबार , माघ १० गते २०८१    
बिहीबार , माघ १० २०८१
images
images

बाँकेमा ६ महिनाको अवधिमा तीनसय उद्योग तथा फर्म खारेज

images
बिहीबार , माघ १० २०८१
images
images
बाँकेमा ६ महिनाको अवधिमा तीनसय उद्योग तथा फर्म खारेज

केही वर्षयता अघिल्लो आवमा भन्दा नयाँ आवमा क्रमशः दर्ता हुने क्रम घट्दै गएको हो भने खारेजी गर्ने क्रम बढ्दै गएको हो।

images
images

बाँके- चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म ६ महिनाको समय अवधिमा घरेलु तथा साना उद्योग कार्यालय बाँकेमा तीन सयभन्दा बढी उद्योग तथा फर्म खारेज भएका छन्।

images
images
images

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत रमेशबहादुर बुढाथोकीका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा उद्योगतर्फ एकसय आठ र वाणिज्यतर्फ दुईसय ३८ उद्योग तथा फर्म खारेज भएका छन्।

images

'चालु आर्थिक वर्षको ६ महिनामा उत्पादनमूलक, कृषि तथा वन्यजन्तु, पर्यटनमूलक, सेवामूलकलगायत उद्योगतर्फ एकसय आठ र वाणिज्यतर्फ प्राइभेट र साझेदारी फर्म दुईसय ३८ गरी जम्मा तीनसय ४६ उद्योग तथा फर्महरु खारेज भएका छन्', प्रमुख बुढाथोकीले भने, 'लगतकट्टा (खारेजी) का साथसाथै नयाँ उद्योग तथा फर्महरु दर्ता पनि हुँदै आएका छन्। तर पछिल्ला केही वर्षदेखि लगातार खारेजी गर्नेको सङ्ख्यामा वृद्धि हुँदै आएको छ।'

images
images
images

प्रमुख उद्योग अधिकृत बुढाथोकीका अनुसार ६ महिनाको समय अवधिमा विभिन्न प्रकृतिका तीन सय ६८ नयाँ उद्योग र वाणिज्यतर्फ चारसय १० नयाँ फर्म दर्ता भएका छन्। 'कार्यालयको तथ्यांकमा विगत चार/पाँच वर्षदेखि लगातार नयाँ उद्योग तथा फर्म दर्ता गर्नेको सङ्ख्या घटिरहेको छ भने खारेज गर्नेको सङ्ख्या बढेको छ', उनले भने, 'आर्थिक मन्दी, बैंकको चर्को ब्याज, खुला सिमानालगायत कारण भारतीय बजारसँग प्रतिस्पर्धा गर्न नसकेर उद्योग तथा फर्म बन्द गर्नुपरेको उद्योगी व्यापारीहरुले गुनासो गर्नुहुन्छ।'

युवाहरुले उद्योग सञ्चालन गर्नका लागि ऋणधन गरेर उद्योग स्थापना गरे पनि विविध कारणले गर्दा उद्योग टिकाइराख्न र निरन्तर सञ्चालन गर्न नसकेका कारण खारेज गर्नु परेको उनले बताए। प्रमुख बुढाथोकीले भने, 'युवाहरुले केही गर्छु भनेर उद्योग स्थापना गरे पनि उद्योग टिकाइराख्न र निरन्तर सञ्चालन गर्न नसक्दा खारेज गरेर वैदेशिक रोजगारीका लागि विदेश जाने गर्नुहुन्छ।'

कार्यालयका प्रशासन अधिकृत सुशील ढकालका अनुसार चालु आवको ६ महिनाको समयमा उद्योगतर्फ ६ सय २७ र वाणिज्यतर्फ एक हजार दुईसय ५६ फर्म नवीकरण भएका छन्। त्यसैगरी, पुँजी वृद्धि, ठाउँसारी, नाम परिवर्तन, नामसारी, ठेगाना परिवर्तनलगायत उद्योगतर्फ तीनसय ४० र वाणिज्यतर्फ चारसय ७७ संशोधन गरिएको छ।

त्यसैगरी, वाणिज्यतर्फ नयाँ फर्म दर्ता हुनेभन्दा खारेज गर्नेकै सङ्ख्या बढिरहेको छ। उद्योग अधिकृत बुढाथोकीका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा प्राइभेट फर्म ६ सय ३४ र साझेदारी फर्म १४ गरी कुल ६ सय४८ नयाँ फर्म दर्ता भएका थिए। आर्थिक वर्ष ०७९/८० मा प्राइभेट फर्म आठसय ५८ र साझेदारी फर्म १६ ढाथोकीले जानकारी दिए।

आर्थिक वर्ष ०८०/८१ मा प्राइभेट फर्म चार सय ५० र साझेदारी फर्म १२ गरी चारसय ६२ फर्म खारेजी भएका थिए भने आर्थिक वर्ष ०७९/८० मा तीनसय १२ प्राइभेट फर्म खारेजीमा परेका थिए। केही वर्षयता अघिल्लो आवमा भन्दा नयाँ आवमा क्रमशः दर्ता हुने क्रम घट्दै गएको हो भने खारेजी गर्ने क्रम बढ्दै गएको हो। कार्यालयको तथ्यांकले विगत चार वर्षदेखि लगातार नयाँ उद्योग तथा फर्म दर्ता गर्ने क्रम घटिरहेको र खारेजी गर्नेको सङ्ख्या बढ्दै गइरहेको देखाएको हो।

नयाँ दर्ता/स्थापना भएका उद्योगहरुमा एकसय सात महिला र दुईसय ८६ जना पुरुष गरी जम्मा तीन सय ९३ जना उद्यमी छन् भने ६ सय २० जना महिला र आठसय ८१ पुरुष गरी कुल एक हजार पाँचसय एकजनाले रोजगारी पाएका छन्। नयाँ उद्योग दर्ता, नवीकरण, संशोधन लगायतबाट यस चालु आवको पुससम्ममा उद्योगतर्फ ४० लाख ४४ हजार रूपैयाँ र वाणिज्यतर्फ ७६ लाख ६१ हजार पाँच सय ८५ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

कार्यालयको गत आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार विगत चार वर्षदेखि लगातार कार्यालयमा उद्योग दर्ता गर्नेको सङ्ख्या घट्दै गइरहेको र खारेजी गर्नेको सङ्ख्या बढ्दै गइरहेको हो। गत आवमा विभिन्न प्रकृतिका सातसय ६० नयाँ उद्योग दर्ता भएका थिए भने दुईसय ३० उद्योग खारेज भएका थिए। आर्थिक वर्ष २०७९/८० मा आठसय ७६ उद्योग दर्ता भएका थिए भने एकसय ६० उद्योग खारेजी भएका थिए।

त्यसैगरी, आर्थिक वर्ष २०७८/७९ मा एक हजार सातसय १२ उद्योग दर्ता भएका थिए सो वर्षमा एकसय ३८ उद्योग खारेज भएका थिए। आर्थिक वर्ष २०७७/७८ मा दुई हजार तीनसय ४१ उद्योग दर्ता भएकामा ९६ उद्योग खारेज भएका थिए। कार्यालयका अनुसार नयाँ दर्ता गरिएका उद्योगमा ८१ करोड ६५ लाख ७५ हजार रूपैयाँ र वाणिज्यतर्फ ५७ करोड ९५ लाख ३१ हजार रूपैयाँ बराबरको पुँजी लगानी छ। रासस


प्रकाशित : बिहीबार , माघ १० २०८११२:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend