बागलुङ- कालीगण्डकी नदीमा १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ रूपैयाँमा निर्मित मोटरेबल पुल यसै सातादेखि सञ्चालन भएको छ।
पुल सञ्चालन भएसँगै दक्षिण बागलुङबाट प्रदेश राजधानी पोखरासहितका ठूला सहरमा पुग्न सर्वसाधारणलाई सहज भएको छ।
पुलबाट जैमिनी नगरपालिका १ र पर्वतको फलेवास नगरपालिका-६ जोडिएका छन्।
जैमिनी नगरपालिका-५ का कृष्णबहादुर थापाले कालीगण्डकीमा पुल बनेपछि सामान ढुवानी र यात्रा गर्न धेरै सहज भएको बताए। पुलबाट यात्रा गर्दा अब पोखरा पुग्न ३० किलोमिटर दुरी घटेको उनले सुनाए। रासस