मंगलबार, माघ ८ गते २०८१    
मंगलबार, माघ ८ २०८१
images
images

कामना सेवा विकास बैंकलाई अग्राधिकार सेयर जारी गर्न राष्ट्र बैंकको स्वीकृति

images
मंगलबार, माघ ८ २०८१
images
images
कामना सेवा विकास बैंकलाई अग्राधिकार सेयर जारी गर्न राष्ट्र बैंकको स्वीकृति

नेपाल राष्ट्र बैंकले मंगलबार अग्राधिकार सेयर जारी गर्नको लागि स्वीकृति प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए।

images
images

काठमाडौं- कामना सेवा विकास बैंकले नेपाल राष्ट्र बैंकबाट अविमोच्य अग्राधिकार सेयर जारी गर्न स्वीकृति प्राप्त गरेको छ।

images
images
images

विकास बैंकले आफ्नो १८औँ वार्षिक साधारण सभाबाट अग्राधिकार सेयर जारी गर्नेसम्बन्धी प्रस्ताव पारित गरी स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गरेको थियो। नेपाल राष्ट्र बैंकले मंगलबार अग्राधिकार सेयर जारी गर्नको लागि स्वीकृति प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए।

images

नेपाल राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा गरेको व्यवस्थाबमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई पुँजीकोष सबलीकरण गर्नको लागि हकप्रद सेयरको विकल्पको रुपमा गत असार १२ गते सर्कुलर जारी गर्दै अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न बाटो खुलाएको थियो।

images
images
images

नेपाल राष्ट्र बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न बाटो खुलाएसँगै बैंकले गत असार १७ गते नै ९ प्रतिशत प्रतिफल दर तोकेर ३५ लाख कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको थियो।

उक्त अग्राधिकार सेयर जारी गरेपश्चात बैंकको पुँजीकोष बढ्न गइ व्यवसाय विस्तारको अवसर बढ्न जानेछ। हालको बजारको तरलताको अवस्था र प्रतिफलको दरलाई हेर्दा संस्थागत लगानीकर्ताहरुलाई ९ प्रतिशत लाभांश प्रदान गर्ने अग्राधिकार सेयर लगानीको उचित माध्यम हुने बैंकले जनाएको छ।

अब, नेपाल धितोपत्र बोर्डको स्वीकृतिपश्चात उक्त अविमोच्य असञ्चिति अग्राधिकार सेयर बिक्रीको लागि आह्वान हुने र सम्बन्धित नियामकीय निकायको स्वीकृतिपश्चात स्टक एक्सचेञ्जमा सूचीकृत हुने बैंकका प्रमुख कार्यकारी अधिकृत थकालीले बताए।


प्रकाशित : मंगलबार, माघ ८ २०८११६:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend